आँप : फलहरूको राजा

नेपालमा आँपको खेती निकै फस्टाउँदो छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण समशीतोष्ण क्षेत्रको माथिल्लो भेगमा समेत आँप फलाउन थालिसकिएको छ ।

पहिलेपहिले लैंगिक प्रजनन विधिद्वारा रोपिने वा प्रसार गरिने आँप अहिले कलमी बनाएर वानस्पतिक प्रजननको विधि अपनाएर व्यापक रूपमा प्रचारप्रसार गरिन थालिएको छ ।

आँप फलहरूको राजा हो । यसमा विभिन्न फलफूलका स्वाद मिसिएको हुन्छ । एउटै फलमा सबै प्रजातिका फलका स्वाद पाइनु प्रकृतिको अनौठो देन पनि हो । पाकेको आँपमा सोडियम, पोटासियम, तामा, गन्धक, म्याग्नेसियम, क्लोरोन आदि शरीरलाई आवश्यक पर्ने तत्व पाइन्छन् ।

रोग निरोधक क्षमता राख्ने आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ । एन्टिअक्सिडेन्टयुक्त हुनाले यसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउन मद्दत गर्छ ।

यसमा हुने भिटामिन ‘ए’ र रेटिनोलले आँखाको शक्ति बढाएर दीर्घजीवी बनाउँछ । आँखा नै नरहे यस संसारमा बाँचेको सार नै हुँदैन । आँपमा हुने फाइबर र भिटामिन ‘सी’ले कोलेस्टोरोलको मात्रा घटाउन मद्दत गर्छ ।

आँपले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ । यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड पाइन्छ । आँपले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले पाचन प्रक्रियामा निकै राम्रो असर पु¥याउँछ । बन्द भएको दिसा राम्रोसँग खुलाउँछ । यसले मेटाबोलिक दरलाई सहयोग गर्छ ।

आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् । तिनीहरूमा उच्च मात्रामा भिटामिन ‘सी’ हुने हुनाले शरीरलाई रोगप्रतिरोधी बनाउन मद्दत गर्छ । आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुनर्निर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ ।

आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

आँपमा हुने भिटामिन ‘ई’ले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टोरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउँछ । होमोसिस्टाइनले रक्तनलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।

आँपले छालाका लागि निकै राम्रो गर्छ । छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ‘ए’ र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?