जागरणमा नाटकको भूमिकामाथि बहस

काठमाडौं । सामाजिक सञ्जालको व्यापकताले नाटक मञ्चनमा निकै प्रभाव परेको नाट्यकर्मीहरुले बताएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभागद्वारा सो प्रतिष्ठानको सभा हलमा आयोजना गरिएको समाजिक जागरणमा नेपाली नाटकको भूमिका अन्तरक्रियामा नाट्यकर्मीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा नाट्यकर्मी पुरु लम्सालले ‘समाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा आलेख (लघु अनुसन्धान पत्र) प्रस्तुत गरे । डबली र लोक नाटक, सडकनाटक, गीतिनाटक÷अपेरा , कचहरीनाटक, मुक्तरङ्गमञ्च र रेडियो नाटकको अबस्था’bout आलेखमा चर्चा गरेका थिए । उनले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रुपान्तरणको प्रभाव, २०४६ साल सम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालिन अपेरा र जनसांस्कृतिक परिवारहरु र वर्तमान अवस्था लगायतका पक्षलाई आफ्नो आलेखमा समेटेका थिए ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले पुरुष लम्सालको आलेख (लघु अनुसन्धान)को शीर्षक नै प्रष्ट नभएको टिप्पणी गरे । ‘नेपाली नाटकको’ स्थानमा ‘नेपालीय नाटक’ शब्दको प्रयोग गर्न उनले सुझाब दिए । नेपालीय शब्दले नेपाली लगायत नेपालका सम्पूर्ण भाषाहरुलाई समेट्ने उनको कथन थियो । यस्ता अनुसन्धान पत्र तयार पार्दा उद्देश्य, लक्ष्य र सिमा निर्धारण गरेर अगाडि बढे त्यसले सार्थकता पाउने सुझाब दिए । अनुसन्धान पत्र भन्दा पनि उनले पुरुको प्रस्तुतिलाई आलेखको रुपमा चर्चा गरे ।

नाट्यकर्मी गीता सापकोटा र श्रष्टा इश्वरचन्द्र ज्ञवालीले उनको आलेखमाथि टिप्पणी गर्दै सो आलेखमा धेरै कुुरा छुटेको बताए । गीताले पुरुको आलेखलाई हतारमा लेखिएको प्रतिक्रिया दिईन् । अझ मेहनत गरेर त्यसलाई उत्कृष्ट बनाउनु पर्ने उनको सुझाब थियो । यता ज्ञवालीले सो आलेखको प्रसँसा गर्दै आलेखमा छुटेका केही कुराहरुलाई औंल्याउँदै त्यसलाई समेट्न सल्लाह दिए ।

सो प्रतिष्ठानका उपकुलपति शम्भु राईले वृहत अध्ययन र अनुसन्धानका लागि प्रज्ञा प्रतिष्ठानसँग श्रोत साधनको कमी भएको बताए । थोरै श्रोत साधनबाट धेरै काम गर्नु आफुहरुको बाध्यता रहेको उनको गुनासो थियो । कार्यक्रममा उनले समाजिक जागरणमा नेपाली नाटकको भूमिका विशेष हुने बताए । तथापि बिगतको तुलनामा नाटकको प्रभावलाई सामाजिक सञ्जालले असर पारेकोमा पनि उनले चिन्ता व्यक्त गरे । तथापि प्रत्यक्ष नाटकबाट प्रस्तुत गरिने सामाजिक जागरण निकै प्रभावशाली हुने उनको कथन थियो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नाटक विभाग प्रमुख प्राज्ञ हिसन बहादुर मगले सामाजिक जागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न आबस्यक छ भने । यस्ता कार्यक्रमहरुलाई आफुहरुले निरन्तता दिने पनि उनले जिकिर गरे ।

कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी, नाट्यकर्मी प्रविण पुमा, गायक टेक बहादुर बलमपाखीलगायतले नेपाली समाजको रुपान्तरण्मा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्र्द अनुसन्धान पत्रमा जनयुद्धकालिन नाट्य गतिविधिलाई अझ प्रभावकारी रुपमा समावेश गर्न सुझाब दिए ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र