प्रदेशका खेलाडीलाई नगदसहित सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले राष्ट्र तथा प्रदेशको गौरव राख्न सफल २१ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

पोखरामा हिजो शुक्रबार आयोजित समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका विधागत कम्तीमा १ सहित २१ जनालाई २० हजारसहित सामूहिक सम्मान गरिएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा मन्त्री विन्दुकुमार थापाले उनीहरुलाई सम्मान गर्दै प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको बताए । उनले खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको बताए । मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताए ।

उनले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गरे । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागिपरेको उनले बताए । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले आकस्मिक बिमाको समेत सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको जनाए ।

सम्मानित हुनेमा विनिता सार्की, तनहुँ (मोर्डन पेन्टाथलन), विशाल बस्नेत, कास्की (ह्याण्डबल), राजेश बास्कोटा, बागलुङ (जिम्न्यास्टिक), पवित्रा गुरुङ, दोलखा (हक्की), योगेन्द्र थापा, बागलुङ (उस्सु), रेखमाया गुरुङ, स्याङ्जा (तेक्वान्दो), सन्दीप बराल, कास्की (फेन्सिङ), प्रियंका बर्मा, रुपन्देही (बक्सिङ, कोच), विवेक हमाल, कास्की (बडिबिल्डिङ), प्रदीप रेग्मी, स्याङ्जा (मेन्स स्पोर्टस् फिजिक) छन् ।

यस्तै, विजय कार्की, कास्की (सुटिङ), मोनिका रानामगर, धनकुटा (आर्चरी), रीता श्रेष्ठ थापा, कास्की (प्याराग्लाइडिङ), विजय महतो, नवलपुर (सेपाकताक्रो), मनोज श्रेष्ठ, तनहुँ (कराते), सुरज सुनार, कास्की (आइटिएफ तेक्वान्दो), ऋषिसरा थापा, तनहुँ (एथ्लेटिक्स), चित्रबहादुर थापा, कास्की (खोखो), पूनम गुरुङ, कास्की (ब्याडमिन्टन), रुपक नेपाली, कास्की (फुलकन्ट्याक्ट कराते) र मूना थापा, स्याङ्जा (टेबल टेनिस) हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन