विद्युतीय पोलबाट चिप्लिएर नहरमा खसेका मजदुर वेपत्ता

राजविराज । नहर किनारमै रहेको विद्युतीय पोलमा काम गरिरहँदा अचानक चिप्लिएर नहरमा खसेर एक मजदुर वेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो ३ बजेतिर सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहाका २२ वर्षिय मजदुर प्रदिप यादव यसरी वेपत्ता भएका हुन् ।

उनी गाउँघरमा विद्युतको काम गर्दै आएका मजदुर (कामदार) हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार महादेवा गाउँपालिकास्थित कोशी पश्चिमी नहर किनारमा विद्युतीय पोलमा तार जडान गर्ने क्रममा अचानक चिप्लिएर उनी नहरमा खसेका थिए । नहरमा पानीको तिब्र प्रवाहले उनलाई बगाएको अनुमान गरिएको छ ।

नहरमा डुबेर वेपत्ता भएका उनको नेपाल र सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजिकार्य गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको उनको भनाई छ । उनले खोजिकार्य शनिबार बिहान पनि जारि रहने बताए ।

स्थानीयले भने वेपत्ता यादवको खोजिकार्य तिब्र बनाउनुका साथै वर्षा भइरहेका बेला जोखिम युक्त स्थानमा काम लगाउने व्यक्ति वा निकाय ’bout छानबिन गरि दोषिमाथी कारवाहीको माग समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?