एमजी ब्रान्डका इलेक्ट्रोनिक गाडीमा प्राविधिक समस्या देखियो

काठमाडौं । पारामाउन्ट मोट्र्स प्रालि आधिकारिक विक्रेता रहेको एमजी कारमा गम्भीर प्राविधिक समस्या देखिन थालेको छ ।

नेपालमा केही समयअघि एमजी ब्रान्डको सो गाडीमा गत पुसमा बूढानीलकण्ठको देउवाचोकमा चार्जमा राखिएको बाग्मती प्रदेशको ०१–०२७ च १५८१ नम्बरको गाडीमा चार्जिङ समस्या हुँदा आगलागी भयो । गाडी चार्जिङमा राखेकाले कुनै मानवीय दुर्घटना त हुन पाएन तर गाडी भने काम नलाग्ने भयो । सिस्टेमिक इररका कारण चार्जिङमा राखेको गाडी एकाएक आगलागी भए पनि कम्पनी अनुकूलको प्राविधिक अध्ययन कमिटी गठन भयो । यद्यपि, सो प्राविधिक अध्ययनले एमजीमा कुनै पनि सिस्टेमिक इरर नभएको प्रतिवेदन बुझायो । किनकि, सिस्टेमिक इरर भएको देखिएमा गाडी बेचबिखनमा प्रतिबन्ध लाग्न सक्थ्यो ।

नेपालबाहेक विश्वका अन्य मुलुकमा चार्जिङ गर्दा गाडीमा आगलागी भएको खण्डमा केही समयका लागि बिक्रीवितरणमा प्रतिबन्ध लाग्ने गरेको छ । तर, नेपालमा ईभी गाडीको प्राविधिक अध्ययन गर्न कानुन अभावका कारण छुट पाउँदै आइरहेका छन् ।

एक साताअघि मात्रै एमजीकै अर्को कारमा पनि प्राविधिक समस्या आएका कारण गम्भीर दुर्घटनामा परेको पाइएको छ । गत असार १८ गते मंगलबार काठमाडौंको अत्यन्त संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको भन्सार गेटनजिक बाग्मती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एकाएक रोक्नै नसक्नेगरी अगाडि बढेर अर्को गाडीमा ठोक्किँदासमेत गाडीमा रहेको एयर ब्यागसमेत नखुल्दा कारमा सवार पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानकी श्रीमती विद्या वनमाली प्रधान गम्भीर घाइते भएसँगै एमजी गाडीमा रहेको गम्भीर प्राविधिक समस्या सार्वजनिक भएको हो ।

विश्वका अन्य मुलुकमा आगलागी हुँदा वा दुर्घटना हुँदा नै सरकारले छानबिन गरेर गाडीको बिक्री वितरण नै बन्द हुने गरेको भए पनि नेपालमा भने कानुन अभावकै कारण गाडी दुर्घटना तथा प्राविधिक समस्याको विषयमा गुनासो आउँदासमेत छानबिन गर्न नसकिएको यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर सञ्जयकुमार थिङले बताए ।

देशभरका २१ सोरुममार्फत एमजी ब्रान्डका कार बिक्री गरिरहेको पारामाउन्ट मोट्र्सका कारको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै, बारम्बार मिसफायरको आवाज आउने, समयमा नै एयर ब्याग नखुल्ने र ब्रेक भनेकै समयमा नलागने जस्ता समस्या रहेको प्राविधिक रिपोर्ट उल्लेख छ ।

एजमी गाडीको यो दुर्घटना पहिलो भने होइन । यसअघि यही कम्पनीको गाडी अस्टे«लियाको सिड्नीस्थित एयरपोर्टमा पार्किङमा राखेको गाडी अचानक विस्फोट भएपछि अस्ट्रेलियाको सरकारले सो गाडी तत्कालका लागि बिक्रीवितरण गर्न रोक लगाएको थियो । अस्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाएको थियो । एमजीका गाडी छिमेकी देश भारतमा समेत चलिरहेकै बखत, पार्किङमा राखिएको समय र चार्जिङमा राखिएको समयमा विस्फोट भएसँगै यस गाडीको बिक्री बन्द गर्नुपर्ने आवाज उठाएको थियो । एजमी ब्रान्डका कारमा देखिएका यस्ता गम्भीर विषयमा समेत नेपालमा रहेको आधिकारिक विक्रेता कम्पनी पारामाउन्ट मोटर्सले चेकजाँच गर्न चासो देखाएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध