बेलायतीको परिवर्तन मोह

बेलायतमा भर्खरै आमचुनाव भयो । चुनावी जनमतबाट कन्जरभेटिभ गयो । लेबर पार्टी आयो । १४ वर्ष लामो कन्जरभेटिवको बर्चस्व तोडियो । बेलायती यस मामलामा केही उदार पनि छन् र सहिष्णु पनि । अमेरिकीजस्तो ‘डाइहार्ड’ देखिँदैनन् ।

रिपब्लिक अमेरिकीले क्यापिटल हिल कब्जा गर्न जाँदा बेलायती आश्चर्यमा परेको खबर आएको पनि थियो, उति नै बेला । बेलायतले बेलायती सामाजिक परिवर्तनमा केही चासो पनि राख्छन्, तुलनात्मक रूपमा अरूभन्दा । अहिलेसम्म यहाँको विकसित स्तरको जीवन ठीकै छ । चलिरहेकै छ । स्टर्लिङ पाउन्ड ‘फ्रिजिङ मनी’ बने पनि जीवन व्यवहार बेलायतलले सहजै बनायो । यो भनेको त्यहाँको सिस्टम, सरकार र जनतामा विकसित लचक सोचको परिणाम हो । जडता कमै देखिन्छ । जडता बढी भएमा ‘इगो’ को राजनीति चल्छ ।

भर्खरै सम्पन्न निर्वाचनमा लेबर पार्टीले बहुमत ल्यायो । यो पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन् । भारी बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बनेका हुन् । १४ वर्ष निरन्तर सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई बढारेर लेबर पार्टी भारी बहुमतका साथ सत्तामा आएपछि त्यहाँ केही परिवर्तन र आर्थिक सुधारको अपेक्षा गरिएको छ ।

लेबरले ४ सय १२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १ सय २१ सिट जितेको छ । बेलायतको ‘हाउस अफ कमन्स’ मा विद्यमान ६ सय ५० सांसद संख्याका आधारमा त्यहाँ एकलौटी सरकार बनाउन कुनै पनि पार्टीलाई ३ सय २५ सांसद संख्या जरुरी पर्छ । यो संख्या पुराएर लेबर पार्टीको नयाँ सरकार आएपछि स्टार्मर प्रधानमन्त्री नियुक्त भएर टेन डाउनिङ स्ट्रिटस्थित प्रम निवासमा आफ्ना समर्थकलाई सम्बोधनसमेत दिइसकेका छन् ।

नेपालको जस्तो जुन पार्टी आयो उसको अनुकूल विदेशी शक्तिलाई रिझायो गर्न पर्दैन बेलायतमा । यही सजिलो छ । आफैं शक्ति केन्द्र पनि भएकाले यसो सम्भव भएको छ । तथापि, विदेशीको प्रभाव र चासो जहाँ पनि रहन्छ । दुनियाँ ग्लोबल छ । ग्लोबल दुनियाँमा लोकल ‘अर्गानिक’ रहन गाह्रै हुन्छ ।

बेलायती चुनावी नतिजाले पनि अन्तर्राष्ट्रिय परिदृष्यमा केही फरकपन सिर्जना गरिसकेको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यसले पनि प्रभाव पारिरहेको छ । बहस अमेरिकामा पनि छ । वर्तमान राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति ट्रम्प प्रतिस्पर्धाको मैदानमा छन् । हेर्न बाँकी छ । निर्वाचनमार्फत् नयाँ सन्देश दिइसकेका बेलायती भने आफूहरू एक रहेको र जो आए पनि आर्थिक रिवर्तनका एजेन्डा प्रमुख हुने बहस गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार