दुई दिनदेखि कर्णाली राजमार्ग बन्द, बर्षातले पहिरो पन्छाउन अवरोध

कालिकोट । शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ ।

विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाका अनुसार कालिकोट खण्ड अन्तर्गत गगने खोला र एस मोडमा पहिरो गएको छ । यी दुई ठाउँमा ढुङ्गाहरू खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भइरहेको हो ।

‘त्यहाँ दैलेखको राकम कर्णालीबाट मेसिन गए पनि पहिरो जाने क्रम जारी रहेकाले पन्छाउने काम सुरु भैसकेको छैन,’ । शनिबार नै गएको राजमार्ग अन्तर्गत हुल्मको पहिरो सफा गर्ने क्रम जारी रहेको थापाले बताए । यस्तै शनिबार नै गएको तिलापुफाको काल्जे ठाउँको पहिरो बिहान मात्रै पन्छाएर सकिएको छ । यस्तै खाँडाचक्र नगरपालिका–६, को मोल्फा भन्दा अगाडि ए नजिकै भर्खरै पहिरो गई राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै कर्णाली कोरिडोर अन्तर्गत फुगाड खोलमा पहिरो गएर कर्णाली कोरिडोर पनि अवरुद्ध भएको उनले बताए । त्यहाँ प्रहरी गइरहेको छ । वर्षातका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि माथिल्लो कर्णालीमा यातायातको सुविधा प्रभावित भएको छ ।

यस्तै सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ जान लागेका सवारी साधनहरू बिच बाटोमा अलपत्र अवस्थामा छन् । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयबाट मेसिनहरू प्रयोग भइरहेका छन् भने प्रहरीले त्यहाँ सहयोग गरिरहेको छ । हिजो मात्र हुल्मको पहिरो पन्छायर रोकियका सवारी साधन खुलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी