कल्भर्ट भत्किदा राजमार्ग अवरुद्ध

महेन्द्रनगर । लगातारको अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा पूर्वपश्चिम राजमार्गको कलभर्ट भत्किएको छ।
कलभर्ट भत्किँदा राजमार्गमा सवारी साधनको आवात जावत बन्द भएको छ । खोलामा आएको बाढीले सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुडाचोक नजिक पर्ने कल्भर्ड भत्किएको हो ।

कलभर्ट भत्किएपछि महेन्द्र राजमार्गको सुडाचोक भएर आवातजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यात्रुहरु वैकल्पिक बाटोको प्रयोग गरेर ओहोरदोहोर गर्न बाध्य छन् । कल्भर्ट भत्किएपछि अवरुद्ध राजमार्गको बैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा वर्षाले पुनर्वास–धनगढी हुलाकी मार्गको सिमरी क्षेत्रमा दोदा नदी पस्दा बेलौरी – पुनर्वास र धनगढी बिच आवतजावत बन्द भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत