चौधर नदिले नहर भत्काउदा बस्तीमा बाढी

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाडी गाउँपालिकामा चौधर नदीको बाढिले नहर भत्काएको छ । बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले बेलडाडी शिवनगर मेन नहर भत्काएको हो ।

अविरल बर्षाले चौधर नदिमा पानीको सतह बढेसंगै सोमबार बिहान नहर भत्काएपछि नदीको पानीले बस्ती डुबानमा परेको ईलाका प्रहरी कार्यालय बेलडाँडिले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण कुवरका अनुसार बेलडाँँडी गाउपालिकाका तल्लो झिलमिला,झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन ।

बाढी प्रभावित क्षेत्रमा कुनैपनी मानवीय क्षती नहोस भनी नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्वार टोली पुगेको छ । यस अघि २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षती पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै