यौन व्यवसायमा लगाउने सन्ध्या प्रहरीको फन्दामा

बिराटनगर । महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

विराटनगर महानगरपालिका वडा ११ स्थितमा घर भाडामा लिई विभिन्न स्थानबाट महिलाहरुलाई भेला जम्मा पारी विराटनगर लगायत आसपास एरिया इलाकामा रहेका होटल, गित गजल, डान्सबारहरुमा काम लगाई दिने बाहानामा यौन व्यवसायमा जबरजस्ती लगाउने जिल्ला झापा बिर्तामोड नगरपालीका वडा नं.-८ गरामनी बस्ने बर्ष २४ की सन्ध्या चुडाललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

एसपी नवराज कार्की उक्त कार्यमा संलग्न भएको भनी पिडितबाट खुल्न आएकोले निजलाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तीहरुको खोजी कार्य भईरहेको बताए । पिडितहरुले दिएको किटानी जाहेरी अनुसार पिडित महिलाहरुलाई प्रलोभनमा पारी विराटनगरमा झिकाई बोलाई डर, त्रास, धम्की र कुटपिट समेत गरी यौन व्यवसाय कार्यमा जबरजस्ती लगाउने गरेको पाईएको उनले बताए।

उनीहरुको समूहले यौन व्यवसाय,मानव बेचविखन तथा ओसारपसार अपराध गरेको खुल्न आएकोले पिडितहरुको स्वास्थ्य जांच तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उक्त कसुरमा संलग्न निज प्रतिवादी संध्या चुडाललाई मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउने छ भने यसमा संलग्न अन्यको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी