हुम्लामा काठेपुल बगाउँदा आवतजावत बन्द

हुम्ला । बिहीबार दिउँसोदेखि लगातार परेको अबिरल वर्षाले खोला बढेर हुम्ला जिल्ला नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका जोड्ने पुल बगाएको छ। पक्की पुल निर्माण कार्य ढिलाइ हुँदा दुई गाउँपालिका जोड्नका लागि निर्माण गरिएको काठेपुल बाढीले बगाएको स्थानिय मन्दिर सिहंले बताए ।

बाढी नाम्खा गाउँपालिका-१ र सिमकोट गाउँपालिका-७ को सिमाना हेप्काखोलामा सवारी आउजाउ गर्ने काठेपुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
काठेपुल बाढीले बगाएपछि दुई पालिकामा सावरी आउजाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी श्रोत्तले बताएको छ। बिहीवार परेको अविरल वर्षाले खोलाको बाहव बढेको छ।

०७४ सालमा पक्की पुल निर्माणमा ठेक्का सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न भइसक्नु पर्ने पक्की पुल अलपत्र हुँदा काठेपुलबाट सवारी आउजाउ गर्न बाध्य थिए।
७ वर्ष बितिसक्दा पनि पक्की पुल ठेकेदार कम्पनीले अलपत्र पारेको छ। काठेपुल बाढीले बगाएपछि सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म गुड्दै आएका सवारीको सम्बन्ध टुटेको छ।

वर्षाले जिल्ला भर विभिन्न स्थानमा बालीनाली क्षति बनाएको छ। क्षति भए पनि विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार