गठबन्धन विकृति बन्यो

अहिले देश गठबन्धनमय छ । संघ, प्रदेश सरकार गठबन्धनबाट बन्ने र भत्कने गरेका छन् । यसरी गठबन्धन बन्ने र भत्कने किन भएको हो ? सामान्य नागरिकले बुझ्न सकेका छैनन् । आज गठबन्धनका कारण हाम्रा प्रदेशका सरकारहरू अन्योलमा छन् । कतै बन्न सकेका छन्, कतै बन्न सकेका छैनन् । गठबन्धन एकातिर छ, सरकार अर्कातर्फ छ । यसबाट नेपाली जनताले नेपाली राजनीतिलाई कसरी बुझ्ने ?

पक्कै पनि सामान्य रूपमा राजनीतिमा सिद्धान्त, विचार र कार्यक्रम मिल्नेहरूको बीचमा मोर्चा, गठबन्धन हुने गर्छ । विशेष राष्ट्रिय समस्या समाधानका लागि कुनै खास इस्युमा दलहरूबीचको कार्यगत एकता वा गठबन्धन जरुरी हुन्छ । तर, पछिल्लो समयमा नेपालमा गठबन्धन स्वार्थमा केन्द्रित भएर विजातीय र अप्राकृतिक हुने गरेको छ । यो अराजनीतिक चरित्र हो । आज नेपालमा त्यही भइरहेको छ ।

जनताले नजिकबाट कुनै पनि सरकारको अनुभूति गर्न पाउन सकिरहेका छैनन् । जनताका दैनिक समस्याहरूसँग बढी सम्बन्धित हुन्छ, स्थानीय निकाय आज राजनीतिक दलहरूको अखडा भएको छ । जनताका समस्याहरूलाई नजिकबाट बुझेको र भोगेको स्थानीय नेतृत्वले निर्वाचनमा कुनै दल विशेषको टिकटबाट निर्वाचित भएको भए पनि निर्वाचित भइसकेपछि सबैको साझा र स्वतन्त्र भएर स्थानीय जनताका समस्याहरूलाई समाधान गर्ने सामथ्र्य राख्न सक्नुपथ्र्यो । स्थानीय तह निर्वाचनका बेला दल विशेष भएको भए पनि व्यवहारमा हुनुहुँदैन । तर, पछिल्लो समयमा राजनीतिक दलहरूमा मौलाइरहेको भागबन्डा, गठबन्धनको विकृत प्रवृत्तिले जनताका जनप्रतिनिधि पाउन गाह्रो भएको छ ।

दलहरूले पछिल्लो समयमा अपनाइरहेको यो गठबन्धन र भागबन्डाको संस्कृतिलाई अब जनताले नै निस्तेज र निरुत्साहित गर्नुपर्छ । दलहरूले भागबन्डाका आधारमा तय गरेका नीति र विधिमा होइन, जनताको म्यान्डेटनुसार आफूलाई परिचालन गर्नेतर्फ आफूलाई अगाडि बढाउनु जरुरी छ । देशमा सत्ता स्वार्थका लागि गठबन्धन र भागबन्डाको संस्कृति जति मौलाउँदै जान्छ, त्यसैनुसार अराजनीतिक संस्कारको विकास हुँदै जान्छ । त्यसैले सत्ताको रसोस्वादनका लागि गठबन्धन र भागबन्डा गर्ने प्रवृत्तिलाई जनताले दरिलो झापड दिनुपर्छ ।
(डा. केदार कार्कीको ‘गठबन्धनका चुनौती’बाट)

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा