हुण्डी कारोवारमा मन्त्रीकै संलग्नता हुँदा सरकार के गर्दै छ ?: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले हुण्डी कारोवारमा मन्त्रीहरु नै संलग्न रहेको आरोप लगाएका छन् । सरकारका मन्त्रीका साथै ठुलाठुला व्यापारी घरानाहरु नै हुण्डी कारोवारमा संलग्न देखिएकाले सरकारको यस ’boutमा धारणा के हो भन्दै उनले प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले हुण्डी कारोवारका कारण मुलुकको खर्बौं रकम बाहिरिनुका साथै मुलुकमा भ्रष्टाचार दिनदिनै बढदै गएको र मुलुक आर्थिक रुपमा कमजोर बनेको टिप्पणी गरेका छन् ।

‘सरकारका उच्च ओहदाका मान्छेहरु हुण्डी कारोवारमा संलग्न छन् । मन्त्रीहरु, ठुलठुल्ला व्यापारी घरानाहरुको हुण्डी कारोवारमा संलग्नता छ । कतिपय बैंक, मनिएक्सचेन्ज, आईएमईहरुको अप्रत्यक्षरुपमा त्यसमा संलग्न छन् । तिनिहरु नै हुण्डी कारोबार मार्फत आफ्नो संजाल विस्तार गरेका छन्’ साहले भने ।

विदेशबाट रेमिटेन्स भित्रयाउँने अनुमति पाएका कम्पनीहरूले नै हुण्डी कारोबारमार्फत अवैध अर्थतन्त्रको जालो बढाइरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले चाहेको खण्डमा हुण्डी कारोबारलाई नियन्त्रण गर्न कुनै पनि कठिनाइ नरहेको जिकिर उनको छ ।

‘हुण्डी कारोबारको ’boutमा यो सरकारको धारणा के हो । हामी त्यो जान्न चाहान्छौं । आज हुण्डी कारोबारले गर्दा देश खोक्रो भईसकेको छ । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिनदहाडै बढिरहेको छ । कालो धनलाई सेतो बनाउने प्रयास भएपछि भ्रष्टाचार बढिरहेको छ । अपराधका घटनाहरु हुण्डी कारोबारले बढाउँदै लगेको छ । लागु औषध र सुन क्वीन्टलका क्वीन्टल भित्रिरहेको छ’ उनले भने ।

अध्यक्ष साहले हुण्डी कारोबारलाई नेपालको संविधानले गम्भीर अपराधको रुपमा लिएको बताए । उनले सरकारले चाहेको खण्डमा हुण्डी कारोबार नियन्त्रण गर्न सकिने बताए । ‘नेपालको खर्बौ रुपैँया विदेश गइरहेको छ । विदेशमा रहेका नेपालीले पैसा पठाएको खवर घरमा नपुग्दै पैसा झिकेर व्यक्तिको हातमा परिसकेको हुन्छ । त्यो खालको हुण्डी कारोबारको डरलाग्दो संरचना बनिरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारले किन चाहेको छैन’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व