प्राज्ञ सभामा चित्रकलालाई केन्द्रदेखि स्थानीय निकायसम्म पु-याउने योजना

काठमाडौं । प्रतिष्ठानका नेपाल ललितकला प्राज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला प्रवर्धनको लागि आफुहरु आउँदो बर्ष स्थानीय निकायसम्म पुग्ने बताएका छन् । काठमाडौंमा सम्पन्न सो प्रतिष्ठानको १६ औँ प्राज्ञसभाको उद्घाटन सत्रमा हार्तम्छालीले यस्तो योजना सुनाएका हुन् ।

सभाको उद्घाटन कुलपति हार्तम्छाली र राष्ट्रिय योजना आयोगका सदस्य डा.अरनिकोकुमार पाण्डेले संयुक्त रूपमा गरे । कार्यक्रममा कुलपति नारदमणि हार्तम्छालीले आर्थिक वर्ष २०८०÷८१ मा आफुहरुले उत्कृष्ट काम गरेको जिकिर गरे । उनले संस्थागत नीति, नियम र मानवीय संसोधनका पक्षमा समग्र सामूहिक जिम्मेवारीलाई जोडेर लाने बताए । हार्तम्छालीले पहिचान, पहल र पहँुच यी ३ कुरालाई व्यवस्थापन गर्दै लान सके अझ सजिलो हुने धारणा सो कार्यक्रममा राखे । यसपटक आफुहरुले प्रादेशक रुपमा ललितकला प्रवर्धनको थुप्रै काम गरेको कार्य विवरण सुनाउँदै अबबाट स्थानीय निकायसम्म पुग्ने र रोजगारी मुलक कलाको प्रवर्धनमा महत्व दिने उनले बताए ।

सोही प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सभालाई सम्बोधन गर्दै भने,,‘नयाँ योजनासहित बस्न लागेको यो प्रज्ञसभाले प्रभावकारी कार्यक्रम तय गर्ने छ भन्ने आशा लिएको छु ।’ उनले प्रतिष्ठानलाई कसरी अगाडि बढाउने, के–के कामलाई प्राथमिकतामा राखेर यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सकिन्छ भनेर नीति र कार्यक्रमका लागि प्राज्ञसभाले उत्कृष्ट योजना ल्याउने आशा आफुले गरेको छु भने ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको र त्यसलाई रणनीतिक, योजनागत तथा नीति निर्माणका तहमा समन्वय गरी गर्न आवश्यक भएको बताए,‘राष्ट्रिय ललितकला सङ्ग्रहालय, कला हब, काठमाडौँ ट्रिएनाले, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा गरिने-गरिएका कार्यक्रम, प्रादेशिक ललितकला प्रदर्शनी, राष्ट्रिय ललितकला प्रदर्शनीको चर्चा गर्दै प्रतिष्ठानले आगामी आ.व. २०८१÷८२ मा गर्ने योजना रहेको छ ।’उनले अगाडि थपे,‘ललितकलाअन्तर्गतका नेपालका रैथाने कला तथा सिपलाई खोज तथा उत्थान गरी प्रवद्र्धन गर्न सकेमा नेपालको अर्थतन्त्रमा समेत थप योगदान पुग्ने छ । अगामी दिनमा सरकारले यस विषयमा ध्यान दिन आवश्यक छ’,

पारम्पारिक मान्यताबाट पर हटेर ललितकलालाई समय सापेक्ष अघि बढाउन आवश्यक रहेको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.अरनिकोकुमार पाँडेले ललितकलालाइ बताए । देशको भविष्यमा ललितकलाको ठुलो महत्त्व रहको बताउँदै उनले विकास भनेको सडक, भवन मात्र नभई कला पनि हो भने,‘जनभावनाभित्रको सपना, आशा र भविष्य कस्तो हुने भन्ने कुराको निर्धारणमा कलाको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । कलालाई स्थानीय तह, विद्यालयमा जोड्न सके अझ प्रभावकारी हुन्छ ।’

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले पनि शुभकामना दिए । कार्यक्रमको बन्द सत्रमा नीति, कार्यक्रम तथा बजेटका विषयमा छलफल भएको थियो । सो सभाले आगामी वर्षको लागि बजेट र योजना पारित गरेको सदस्य सचिब थुम्केलीले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाका आठ स्थानीय तहका प्रमुख र उपप्रमुखमा ६५ जनाको उम्मेदवारी