बेनीको सत्य घटनामा बन्यो चलचित्र

काठमाडौं । चलचित्र मोदिबेनी सत्य घटनामा आधारित रहेर निर्माण गरिएको यसको निर्माण पक्षले जनाएको छ । सोमबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको गीत मन्जुरी…को भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले सो कुरा बताएको हो । यो चलचित्र १८ श्रावणमा रिलिज हुने भएको छ ।

यो गीत इन्टरनेटमा ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत पनि रिलिज गरिएको छ । मोदीबेनीको एक महत्त्वपूर्ण अंशको रूपमा यो गीत रहेको पनि कार्यक्रममा जानकारी गराईयो । एसडी योगी र विज्ञान पराजुलीको स्वरमा रहेको यो गीतमा एसडीकै संगीत रहेको छ । गीतलाई राम अविरल बिष्टले लेखेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठले अभिनय गरेका छन् । उनीहरुको प्रेमसम्बन्धलाई गीतमार्फत दर्शाईएको छ । किरण थापाको कोरियोग्राफी रहेको यो गीतमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छन् ।

नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे । गीत सार्वजनिक कार्यक्रममा नव अभिनेता श्रेष्ठले आफ्नो पहिलो प्रयासलाई दर्शकले रुचाएको भन्दै खुसी व्यक्त गरे,‘पछिल्लो समय नेपाली चलचित्रमा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको छु। कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको हुँ ।’

अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र कथा मन परेर आफुले यसमो अभिनय गरेको बताईन् । अमर नव भएर पनि राम्रो काम गरेको वर्षाले बताईन् ।

यो चलचित्रका अर्का अभिनेता सरोज खनालले मोदिबेनी एउटा राम्रो चलचित्र बनेको जिकिर गरे । यो चलचित्रमा यस सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ।

यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । बेनीको एउटा बास्तविक घटनाले आफुलाई यो चलचित्र बनाउन प्रेरित गरेको शँकरले कार्यक्रममा बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर पनि उनले दाबी गरे ।

चलचित्रलाई निर्माता द्वय दिलीप केसी र हरि श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा डिओपी उत्सव दाहालको, सम्पादक भरत रेग्मीको, कोरियोग्राफर किरण थापाको रहेको छ । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी