पहिरोले ४ घर बगाउँदा एक को ज्यान गयो दुई घाइते, अझै ७ घर पूर्ण जोखिममा

उदयपुर । मंगलवार बिहान परेको अबिरल वर्षापछि बस्ती माथिबाट आएको पहिरोले घर बगाउँदा एक बालिकाको ज्यान गएकोे छ भने २ जना घाईते भएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १५ खाँबुस्थित तोरीबारीमा ४ घर पहिरोले बगाउँदा ९ वर्षिय रुपकला मगरको ज्यान गएको वडाध्यक्ष गणेशप्रसाद तिम्सिनाले जानकारी दिए । पहिरोले घर बगाउँदा मृतकका आमा ४० वर्षिय हिराकुमारी मगर र उनका ७ वर्षिय भाई योगेश मगर गम्भिर घाईते भएको जनाएका छन ।

मृतकको शब पोष्टमाड्मका लागि जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको छ भने घाईतेहरुलाई स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको वडाअध्यक्ष गणेशप्रसाद तिम्सिनाले बताए । वडाअध्यक्ष तिम्सिनाका अनुुसार तोरीबारीको ४ वटा घर बगाएको छ भने ७ वटा घर पूर्ण जोखिममा रहेको छ ।

त्यसैगरी मनसुनजन्य प्रकोपबाट उदयपुरमा थप दुई जनाको ज्यान गई सकेको छ । विपद्जन्य घटनामा गरी उदयपुरमा एक बालक सहित दुई जनाको ज्यान गई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

बेलका नगरपालिका– ३ सातपत्रेका ५० वर्षिय ईन्द्र बुढाथोकीको गिदेरी खोलाले बगाएर ज्यान गएको छ । रौतामाई गाउँपालिका– ५ आँपटारका नरेन्द्र राईको ५ वर्षिय छोरा राज राईको गत असार २२ गते स्थानीय अमृत खोलाले बगाएर ज्यान गएको छ ।

बेलका नगरपालिका–३ स्थित गिनेरी खोलामा आएको बाढीले खोला तर्ने क्रममा गत असार २२ गते सनिवार बाढिले बेपत्ता भएको बुढाथोकीको दुई दिन पछि लास ईलाका प्रहरी कार्यलय रामपुरठोक्सिलाले भेटाएका हुन ।

बेलका नगरपालिका–९ रामपुर बजारमा रहेको छोरीको घरबाट घर आउँदै गरेको बुढाथोकी खोला तर्ने क्रममा बगेका हुन । बेला नगरपालिका– ९ रामपुर बेलका नगरपालिका–३ रातापानी बिचको गिनेरी खोला तर्ने क्रममा बुढाथोकी ज्यान गएको हो । गिदेरी खोलामा पशु चौपाय गोठाला गर्ने स्थानीयहरुले सनिवार करिब बेलुकी ५ बजे तिर मान्छे बगाएको देखेपछि प्रहरीलाई खबर गरेका हुन । रामपुर बजारको छोरीको पसलबाट आफ्नो घर रातपानी जान भनेर हिडेका बुढाथोकी गिदेरी खोलाले बगाएको हो ।

त्यसैगरी रौतामाई गाउँपालिका– ५ आँपटारका नरेन्द्र राईका ५ वर्षिय छोरा स्थानीय अमृत खोलाले बगाएर १ सय मिटर तल पु¥याएका थिए । दुबै जनाको शब कानुनी प्रक्रिया पुरा गरि आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी पहिरोले उदयपुरगढी गाउँपालिका– ३ सुकुलटारका नरबहादुर पुलामी मगरको घरमा क्षति पु¥याएको छ । घरमा पहिरोले क्षति पु¥याएपछि उनी आमाको घरमा बस्दै आएका छन । प्रहरीका अनुसार पुलामी आमा राममाया पुलामी मगरको घरमा बस्दै आएको जनाए । लिम्चुङबुङ गाउँपालिका– १ का अम्बर राईको ढुंगा माटोले बनेको घर र स्थानीय मायासेर राईको घर पहिरोले क्षति पु¥याएको छ । त्यसैगरी त्रियुगा नगरपालिका– १६ ढाडखर्कका स्थानीय रमेश तामाङको घर अबिरल वर्षापछि भाँसिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अबिरल वर्षापछि उदयपुरको चुरे तथा महाभारत क्षेत्रबाट बग्ने तीन दर्जन बढी खोलामा बाढी आएकाले तटीय क्षेत्रमा सतकता अपनाउन प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले आग्रह गरेको छ । सो खोलाहरुमा खतराको संकेत पार गरेकाले उच्च जोखिम रहेको जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा