इश्वरीका दुई कृति बिमोचित

काठमाडौं । श्रष्टा ईश्वरीप्रसाद भुसालले आफ्ना दुई कृति एकसाथ लोकार्पण गरेका छन् । काठमाडौंमा एक विशेष समारोहबीच उनका कवितासँग्रह ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लाई प्राडा.सुरेन्द्र केसी, कवि खेमनाथ दाहाल, साहित्यकार राधेश्याम लेकाली, लय संग्रौलालगायतले लोकार्पण गरेका छन् ।

उनले आफ्नो जन्मदिनमा यी दुई कृति ल्याएका हुन् । मिलाप पब्लिकेशनले यी कृति प्रकाशन गरेको हो ।

कलाकार लय संग्रौलाले स्रष्टा भुसालको गजलसंग्रह ‘कसको आँखा लाग्यो’को समीक्षा गरे भने कवि खेमनाथ दाहालले लामो कविता ‘अर्पण’को कवितामाथि टिप्पणी गरे । कार्यक्रममा मिलापका अध्यक्ष कृष्ण भुसालले आफनो वुवाको कृतिहरु पाठकमाझ ल्याउन पाउँदा खुसी व्यक्त गरे । कार्यक्रममा यी पुस्तकमाथि चूडामणि देवकोटा, राजु सिंह, गीता भट्टराई, उत्तम केसीलगायतले आफ्नो भनाई राखे ।

कृतिकार भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले यी पुस्तकका कविता र गजल सृजना भएको बताए । कार्यक्रममा प्राडा.केसीले मोफसलमा रहेर पनि भुसालले राम्रा कविता र गजल लेखेको बताए । स्रष्टा भुसालका यसअघि ‘विरह पुस्पाञ्जलि’ खण्ड काव्य र ‘विरह व्याथा’ कवितासंग्रह प्रकाशित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई विजयी