दर्जन कलाकार बेलायततिर

काठमाडौं । चलचित्रको छायाँकन, स्वराँकन छाडेर दर्जन कलाकार बेलायत प्रस्थानको तयारीमा छन् । प्रदिप खड्का, पुजा शर्मा, बेनिशा हमाल चलचित्रको छायाँकन तथा स्वराँकन स्थगित राखेर बेलायत जान लागेका हुन् । यी कलाकारसँगै अग्रज संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकाश बोर्ड अध्यक्ष भुवन केसी, अभिनेता दिलिप रायमाझी, संगीतकार नरेन खड्का, संगीतकार एलिश कार्की, गायिका अनिता चलाउने, नृत्य कलाकार कविता नेपालीलगायत बेलायत जान लागेका हुन् ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको आगामी ६ साउनबाट पदमुक्त हुँदैछन् । उनी आफ्नो पद सकिँदै गर्दा यसपटक बेलायत भ्रमणमा हुने भएको छन् । यसै साता बेलायतमा थर्ड आई लण्डनले आयोजना गर्न लागेको तेश्रो नेपाली चलचित्र महोत्सबमा सहभागी हुन आफुहरु त्यहाँ जान लागेको यी चलचित्रकर्मीहरुले मँगलबार राजधानीमा आयोजित पत्रकार घेटघाटमा बताए ।

यो महोत्सबमा यी सबै कलाकारको सँयोजन गरिरहेका चलचित्रकर्मी दिनेश डिसीले महोत्सब’bout भने,‘यो महोत्सबमा आधा दर्जन नेपाली चलचित्रहरु प्रदर्शन हुँदैछ । प्रदर्शित चलचित्रबाट विभिन्न विधामा उत्कृष्टलाई अवार्ड प्रदान गर्ने महोत्सब समापन हुनेछ ।’ यो महोत्सको समापन समारोहमा नेपालबाट गएका कलाकारहरुले सम्बन्धित कलाकारहरुको गीत एवम् नृत्य प्रस्तुतिसमेत रहेको पनि दिनेश डिसीले जानकारी गराए ।

महोत्सबमा हाल लण्डनमै रहेका कलाकर्मीहरु प्रदीप शाही, दिया पुन, शर्मिला वर्देवा, रुपक डोटेलको पनि प्रस्तुति रहने महोत्सब सँयोजक डिसीले बताए । डिसीका अनुसार यो महोत्सब आईतबारबाट सुरु भएको हो ।

धेरै लामो समयदेखि नेपाली चलचित्रसँग सम्बन्धित तथा संगीतिक कार्यक्रम आयोजना गर्दै आएको थर्ड आईले बेलायतको राजधानी लण्डनमा यो फेस्टिभल दोस्रो पटक आयोजना गरेको हो । यो चलचित्र महोत्सवमा पाँचवटा नेपाली फिल्म प्रदर्शनको लागि छनौट भएका छन् ।

यो महोत्सबको उद्घाटनमा प्रदिप शाहि निर्देशित चलचित्र अन्तिम संस्कार र विक्रम सापकोटा निर्देशित हल्कारा प्रदर्शन भएको छ । यो महोत्सब जुलाई १४ तारिखमा देव थापा निर्देशीत चलचित्र टुल्की र सुदर्शन थापा निर्देशित चलचित्र प्रसाद २ प्रदर्शन हँुदैछ ।

कार्यक्रमको समापन २० तारिखमा साँझ हुनेछ । समापनमा चलचित्र सरिता प्रदर्शन गरिने छ । चलचित्र प्रदर्शनसँगै कलाकारको प्रस्तुति र अवार्ड समारोह गरिने पनि दिनेश डिसीले जनाएका छन् । महोत्सवको समापन समारोहमा अग्रज संगीतकार शम्भुजीत बासकोटालाई दिर्घ साधना सम्मानबाट सम्मानित गरिने घोषणा आयोजक पक्षले गरेको छ ।

यो महोत्सबको आयोजक विकाश देवकोटा हुन् । प्रवासमा नेपाली चलचित्रको प्रवर्धनको लागि यो महोत्सब आयोजना गरिएको उनले बताएका छन् । अर्को वर्षबाट महोत्सबमा बिदेशी चलचित्र पनि प्रदर्शन गरिने उनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)