१० दिनमै ५०० करोड नाघ्यो कल्कि २८९८ एडी

मुम्बई । साउथ सुपरस्टार प्रभास, कमल हासन, विजय देवरकोंडा, एसएस राजामौली तथा बलिउड सुपरस्टार अमिताभ बच्चन, दीपिका पादुकोणलगायतले दोश्रो साता पनि आफ्नो अभिनयबाट सिनेमा हलमा दर्शकको मन जितिरहेका छन् ।

भारतीय चलचित्र कल्कि २८९८ एडीले रिलिज भएको ११ औं दिनमा पनि उस्तै राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रले ११ औं दिन आईतबार ४१.३ करोड कमाएको बलिउड रिपोर्टले जनाएको छ । यो चलचित्रले रिलिजको १० औं दिनमै ५०० करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

यो चलचित्रले रिलिज भएको पहिलो दिन ९५.३ करोड रुपैयाँको व्यापार गरेको थियो । यस्तै दोश्रो दिन ५७.६ करोड रुपैयाँको व्यापार गरेको यो चलचित्रले प्रदर्शनको १० औं दिन शनिबार ३४.१५ करोड रुपैयाँको व्यापार गरेको छ ।

दोश्रो हप्तामा सन्दार रुपमा प्रदर्शन भईरहेको चलचित्र कल्की २८९८ एडीले यो साता रिलिज भएको सबै हिन्दी चलचित्रलाई व्यबसायिक रुपमा पूर्ण प्रभावित पारेको छ । गत साता र यो साता श्रीकान्त, मिस्टर एण्ड मिसेस माही, चन्दु च्याम्पियन, किल सहित चार वटा भारतीय चलचित्र रिलिज भए । तर यी चारवटै चलचित्रले कल्की २८९८ एडीको अगाडि कुनै चमत्कार देखाउन सकेनन् । यो चलचित्रका कारण बाँकी चार चलचित्र बक्स अफिलमा पुरा फिक्का सावित भएका छन् ।

यो चलचित्रले विश्वव्यापी रुपमा एक हजार करोड भन्दामाथिको ब्यापार गर्ने आशा गरिएको छ । यो पछिल्लो समय जवानपछि राम्रो व्यापार गरेको भारतीय चलचित्र कल्की २८९८ एडी हो । यो चलचित्रको कथा पौराणिक कालको रहेको छ । चलचित्रको कथामा भगवान विष्णुको अबतारदेखि महाभारतकालसम्मको कथा समेटिएको छ । तर यो चलचित्रमा धार्मिक पात्रहरु पनि आधुनिक अबतारमा छन् । चलचित्रमा अभिनेता अमिताभ बच्चनले अश्वत्थामाको भूमिका निर्वाह गरेका छन भने अभिनेता प्रभासले भैरवको चरित्र निर्वाह गरेका छन् । यस्तै अभिनेत्री दीपिका पादुकोने सुमतीको भूमिकामा र कमल हसन खलचरित्रमा छन् ।

नाग अश्विन निर्देशित साइन्स फिक्शन डिस्टोपियन चलचित्र कल्की २८९८ एडी गत २७ जुनमा चलचित्र घरमा रिलिज भएको छ । पहिलो दिनबाटै चलचित्रले बम्पर व्यापार गरिरहेको छ । अहिलेसम्मको रेकर्ड हेर्दा २०२४ को सबैभन्दा बढी व्यापार गर्ने भारतीय चलचित्रको सुचीमा यो चलचित्र परेको छ । अब यस पछि रिलिज हुने भारतीय फिल्म पुष्पा २ को व्यापार भने हेर्न बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 295 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी