थप सतर्कता अपनाऔं

पछिल्लो समयमा मुलुकमा कोरोना संक्रमणको दर बढिरेको छ । पछिल्लो अवस्था हेर्दा राजधानी काठमाडौंमा नै संक्रमित हुने संख्या बढ्ने अवस्था देखिएको छ । यसका साथै, देशका अन्य स्थानमा पनि संक्रमित हुनेको संख्या बढिरहेको छ ।

आंशकितहरूको परीक्षण गर्नेक्रम बढेसँगै पोजिटभ देखिनेको संख्यासमेत ह्वात्तै बढ्न थालेको छ । सायद, यही अवस्था देखेर पनि हुन सक्छ, सरकारले जारी राख्दै आएको लकडाउनलाई पुनः १२ दिन थप गर्दै १५ वैशाखसम्म लम्बाउने निर्णय गरेको छ । नागरिकलाई घरभित्रै राखेर सम्भावित जोखिम कम गर्ने रणनीतिमा सरकार लागेको भए पनि लामो समयदेखि घरभित्रै बस्नुपर्दा नागरिकले भोग्नुपरेका समस्या र पीडा समाधानका लागि सरकारले स्पष्ट कार्ययोजना र कार्यक्रम ल्याउन सकेको छैन । सरकारले गरेको लकडाउनलाई नागरिकस्तरबाट ठूलो समर्थन जुटिरहेको छ । कैयौं नगारिकको घरको चुलो बल्न छोडे पनि उनीहरूले समेत सरकारको लकडाउन कार्यक्रमको सहर्ष पालना गरिरहेका छन् । विश्वस्तरमा आमनागरिकले नै कोरोना संक्रमणको समान त्रासदी भोग्नुपरिरहेको अवस्थामा ढिलोचाँडो यो संक्रमणको भ्याक्सिन पत्ता लाग्ने र नियन्त्रणमा आउने नै छ । त्यसैले, यो संक्रमणका कारण ज्यान नै जाने भयो भनेर अत्तालिनुहँुदैन । संक्रमण भएर सन्चो भएकाको दर हेर्दा पनि सन्तोषकजनक नै देखिन्छ । विश्वस्तरमा संक्रमण भएर सन्चो भएकाको दर झन्डै ८० प्रतिशत छ । तर, कुल संक्रमितको ४ प्रतिशत भने मृत्युको मुखमा पर्न बाध्य भइरहेका छन् । संक्रमित हुनेको संख्या दिनानुदिन बढिरेहेकाले पनि हुन सक्छ यसले दिनानुदिन झन् बढी त्रास सिर्जना गरिरहेको छ । कोरोनाविरुद्धको अहिलेको सबैभन्दा ठूलो लडाइँ भनेकै नागरिक स्तरको ठूलो आत्मविश्वास नै हो । यो संक्रमणमाथि विजय हासिल गर्नका लागि प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु पनि आवश्यक छ । त्यसैले, सबै जनाले आत्मबल उच्च बनाउन जरुरी छ ।

सरकारी स्तरबाटै अब कोरोनाविरुद्धको जागरण अभियानलाई पनि तीव्र बनाउनुपर्छ । केन्द्रीय, प्रदेश र स्थानीय तहले समन्वयात्मक किसिमले कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्नुहँुदैन । मुलुकमा पछिल्लो समयमा जसरी कोरोना संक्रमणको दर बढिरहेको छ, यसको दर बढ्नुमा सर्वसाधारण नागरिकको लापर्बाहीले पनि केही हदसम्म काम गरिरहेको छ । विशेष गरी केही समयअघि मात्रै विदेशबाट आएका केही व्यक्तिहरूमा कोरोना संक्रमण देखिएकाले उनीहरूले अन्य व्यक्तिहरूलाई पनि संक्रमण सारेको हुन सक्ने भय देखिएको छ । त्यसैले, विशेष गरी तेस्रो देश र भारतबाट नेपाल आएका नेपाली आफंै क्वारेन्टाइनमा बसेर इमानदारिता देखाउनुपर्ने बेला आएको छ । उनीहरू आफू स्वस्थ भएको भनेर त्यसै बस्नुभन्दा पनि आफंै परीक्षण गर्न गएर सम्भावित जोखिम बढ्न नदिने वातावरण सिर्जना गर्नुपर्छ । किनकि एक व्यक्तिले आफूमा संक्रमण भएको अवस्थामा लापर्बाही गरेर अन्यलाई पनि संक्रमण सल्काउने अवस्था आएमा त्यसलाई ठूलो सामाजिक अपराधसमेत मानिने भएकाले त्यस प्रकारको सामाजिक अपराध कर्म कसैले पनि गर्नुहुँदैन ।

समग्रमा सरकारले १५ वैशाखसम्म जारी राखेको लकडाउनलाई पूर्ण रूपमा पालना गरी सर्वसाधारणले विशेष सतर्कता अपनाउँदै अगाडि बढ्ने हो भने आगामी दिनमा संक्रमणको दर घटेर जानेछ । अन्यथा, यसरी नै लापर्बाही गर्दै जाने हो भने संक्रमणको दर बढ्ने र हामी ठूलो समस्यामा पर्ने स्थिति आउन सक्छ । त्यसैले, फेरि एकपटक सबै जना पूर्ण रूपमा सर्तक बन्दै कोरोनाविरुद्धको लडाइँमा विजयी हासिल गर्नुपर्ने अहिलेको अहं आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी