अस्थिरता र बार्गेनिङ रोक्न कांग्रेससँग मिल्यौँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा कांग्रेससँगको सहमति र पछिल्लो राजनीतिक परिवेश’bout ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकको सुरुमा उनले संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको प्रष्ट पारे ।

अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको ओलीको भनाइ थियो । निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्दै ओलीले आयोग कसैको नेतृत्वमा पनि नबनेको साथै बन्ने भन्ने कुरा नभएको पदाधिकारीहरूलाई जानकारी गराए ।

राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उनको भनाइ छ । एमाले र नेपाली काँग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको ओलीले बताए ।

प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र काँग्रेस मिलेको उनले प्रस्ट्याएका छन् । संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने उनले चेतावनीसमेत दिएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप
नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेका दुई केन्द्रीय विभागका सचिव मनोनीत
नेकपा एमालेको केन्द्रीय सहकारी विभागको सचिवमा परितोष पौडेल मनोनयन भएका छन् । यसअघिका सचिव केबी उप्रेतीलाई हटाएर रिक्त रहेको सो पदमा विभागकै सदस्य पौडेल मनोनीत भएका हुन् । बुधवार बसेको सचिवालय बैठकले चितवनका विजय सुवेदीलाई भूमि व्यवस्था विभागको सचिव मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)