बैतडीमा जिल्लास्तरीय बार्षिक समीक्षा सम्पन्न

बैतडी । बैतडीमा जिल्ला स्तरीय बार्षिक समिक्षा तथा जिल्ला सभा आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थीत नगरपालिका र गाउँपालिकाका तथा जिल्ला स्थीत सरकारी कार्यालयहरुले यसबर्ष सम्पादन गरेका कार्यक्रमको बिषयमा जानकारी गराएका छन् ।

कार्यालयहरुले चालु आर्थिक बर्ष २०८०–८१मा भएको खर्च प्रगतीका बिषयमा पनि जानकारी गराएकाछन् । समिक्षा कार्यक्रमका सहभागीहरुले विकास निर्माणमा भएको कमजोरीका बिषयमा प्रश्न गरेकोमा सम्बन्धीत कार्यालयका प्रमुखले जवाफ दिएका छन् ।

समीक्षा कार्यक्रममा अधिकांश कार्यालयहरुले कर्मचारीको अभाव भएको बताएकाछन् । जनसक्ति अभावमा कार्य सम्पादनमा समस्या भएको जिल्ला स्थीत कार्यालय प्रमुखहरुको गुनासो रहेको छ । विकासे कार्यालयहरुमा प्राविधिक कर्मचारी र लेखापालको अभाव रहेको उनिहरुको गुनासो छ भने, स्थानियतहमा समेत पुर्ण दरबन्दीको प्रमुख प्रसासकीय अधिकृत र लेखा कर्मचारीको अभाव रहेको बताइएकोछ ।

समिक्षा कार्यक्रमका सहभागीले सडक, सरकारी भवन, खानेपानी, बाटो लगायत निर्माणका हरेक योजनाहरुमा गुणस्तरियता कायम गर्नुपर्नेमा जोड दिएकाछन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी