मुगु प्रहरीद्वारा लुटेराबाट सामान बरामद

मुगु । एक महिना अगाडि मुगुको दोल्फु गाउँबाट लुटेराले लुटेर लगेका बहुमुल्य सामान मुगु प्रहरीले बरामद गरेको छ । गत जेठ १२ गते लुटेरा समुहले अत्याधुनिक हतियार देखाइ डोल्फु गाउँका २४ घरहरु र १ सार्वजनिक गुम्वाबाट नगद, सुन, चाँदी, मुर्ती, बहुमुक्य सरसामान, गहना र यार्सागुम्वा लुटेर लगेका थिए ।

लुटेरा समुहमा संग्लग्न ८ जना मध्य नेपाल प्रहरीले ३ जनालाई एक महिना पछि पक्राउ गरि उनिहरुबाट बरामद हतियार, बहुमुल्य सामानसहित गएकाे आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान वाकिटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका थिए ।

यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान, सुन कै माडुली २ थान (विक्री गरेपश्चात् जुम्ला प्रहरी मार्फत बरामद) पनि बरामत गरेको थियो । जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा नं. ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पुर्णप्रसाद भण्डारी र वडा नं. ४ का कमल थापाकाे घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।

नेपाल प्रहरीकाअनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगी यो समुहले यार्सा संकलक तथा व्यापारीहरुबाटसमेत यार्सागुम्बा लुट्दै आएको थियो ।

डोल्फु गाउँमा लुट्न संलग्न अन्य ५ जना मध्य फरार रहेका जुम्ला गुठिचौर गाउँपालिका-३ बस्ने धन प्रसाद भण्डारीलाई खोज तलास गर्ने क्रममा भण्डारी कै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा लुटिएका थप बहुमुल्य सामानहरु २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

प्रनाउ थापाकाअनुसार संयुक्त प्रहरी टोलीले चाँदीका सिक्काको माला २ वटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी ४ वटा, माला मोति दाना ३५ वटा, पहिलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामद गरेको छ ।

यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला, सुनको तीन टुक्रा रिङ्ग ० दशमलव ४९५ तोला, सुनको चेन टुक्रा ० दशमलव ५१६ तोला, चाँदीको हुक्काको टुक्रा ३ तोला, चाँदी र तामाको हुक्काको टुक्रा १ तोला,चाँदीको लकेट माला ५ थान, चाँदीको टुक्रा ६ दशमलव ९७ तोला, सानो खाले रातो मुगा ३२ दशमलव ९१० तोला, तामा तारको टुक्रा ० दशमलव १९९ तोला र ढुङ्गा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामत गरेको जनाएको छ ।

लुटेरा समुहले डोल्फु गाउँका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मुर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानियहरुले प्रहरीमा दिएको जाहेरीमा उल्केख गरिएकाले अझै धेरै वहुमुल्य सामान, नगद र यार्सागुम्बा भेटाउन सकिएको छैन ,प्रनाउ विरेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन