‘लकडाउन’मा माछा मार्न र पौडी खेल्न खोलामा

दैलेख । विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै दैलेखका अधिकाँश नगरपालिका÷गाउँपालिकाका स्थानीयबासी माछा मार्न,गर्मी छल्न भन्दै हुल बाँधेर खोलातिर जाने गरेका छन् ।

लकडाउनलाई थप कडाई गर्नका लागि सरकारले एउटा वडा देखी अर्को वडा, एक स्थानीय तह देखी अर्को स्थानीय तहसम्म आवतजावत गर्न प्रतिवन्ध गरेपनि गाउँका अधिकाँश स्थानीयबासी लकडाउनको अवज्ञा गर्दै खोलामा माछा मार्ने,पौडी खेल्ने गरेका छन् ।

लकडाउनले नगरपालिका र गाउँपालिका मुकाम बाहेक अन्य ठाउँमा खासै प्रभाव परेको छैन । गाउँका स्थानीयबासी हुल बाँधेर खोलातिर जान थालेपछि भने केही स्थानीयबासी त्रसित छन् । लकडाउनले बजार क्षेत्र बन्द रहेपनि गाउँका पसलहरु निर्धक्क रुपले व्यापार व्यवसाय गरिरहेका छन् । गाउँ र नगरपालिका स्थानीय बजारहरुमा प्रहरी प्रशासनले गर्दा आवत–जावत बन्द गराएपनि गाउँका बालबालिका देखि युवाहरु यतिबेला गर्मी छल्नका लागि खोलाकिनारमा जाने गरेका छन् । दैलेखका रामाघाट, लोहोरे, छामघाट, पादुका,चिनेखोला,भुतगाड,कानेगाड कर्णाली नदीमा माछा मार्ने पौडी खेल्ने महिला,युवायुवतीको लस्कर दिनहुँ लाग्ने गरेको गरेको ठाटीकाँध –१ का स्थानीयबासी राजु विकले बताए । उनले भने,‘गाउँका बालबालिका युवा सबै खोलामा जान थाले । सरकारले २५ जना भन्दा बढी भेला नहुने भनेको छ तर गाउँका युवा मान्दैनन ।यहाँ हुल नै बाँधेर माछा मार्न र पौडिखेल्न जान थाले ।’

चामुण्डाबिन्द्रासैनि नगरपालिका र ठाटीकाँध गाउँपालिकाको सिमाना भएर बग्ने रामाघाट खोलामा दुबै पालिकाका धेरैजसो मान्छेहरु गर्मी छल्न,माछा मार्नको लागि लस्कर लागेर आउने गरेको चामुण्डाविन्द्रासैनी नगरपालिका –५ का मनबहादुर विकले बताए । ‘लकडाउन हुनु पहिला स्थानीय बजार जाने युवाहरु बजार बन्द हुँदा खोलातिर जाने गरेका छन् ।’ स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा सुनुवाई नभएको गुनासो स्थानियले गरेका छन् । भारत तथा अन्य तेस्रो मुलुकबाट गाउँमा भित्रिएका छन् ।

ठाटीकाँधमा मात्र १ सय ५७ जना भारत लगायत अन्य तेस्रो मुलुकबाट गाउँ भित्रिएका छन् । प्रायः गोठालाहरु र विद्यालय जाने उमेर समुहका बालबालिकाहरु गर्मी छल्न रामघाट खोलामा जान्छन् । खोलानालाका थुप्रै बालबालिकाहरु एउटै ठाउँमा पौडी खेलिरेहका हुन्छन् । त्यसरि खोलामा जम्मा भएको गाउँपालिकालाई जानकारी नभएको ठाटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीले बताए । ‘अब यो ’boutमा विकल्प खोजिने छ,’उनले भने ।
त्यसैगरि चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारी पाएको सुचनाका आधारमा गएको मंगलबार मात्र अनुगमन गरिएको बताए । ‘खोलामा गोठाला हुन्छन् । उनीहरुलाई रोक्न सकिने अबस्था छैन् । जनचेतनाको अभाव भएकाले केही गर्न सक्दैन । गोठाला जानुपर्ने पनि बाध्यता छ बरु नजिक उठबस नगर्न भनेका छौं’ उनले भने ।
भैरवी र महाबु गाउँपालिकाको सिमाना भएर बग्ने छामघाट खोलामा पनि माछा मार्नुका साथै मान्छेको आवत–जावत बाक्लो देखिने गरेको छ । मंगलबार छामघाट खोलामा माछा मार्दै गरेका केही महिलाहरुले लकडाउनका कारण दैनिकी खोसिएपछि फुर्सदिलो समयमा माछा मार्ने गरेको भैरवी गाउँपालिका धर्मबहादुर थापाले बताए ।

लकडाउने बेला लोहोरे खोला, कर्णाली नदीको केही भागमा माछा मार्ने र पौडिखेल्ने जानकारी आएकोले ती ठाउँमा प्रहरी खटाईएको बताए । छामघाट र रामाघाटको ’boutमा केही जानकारी आएको छैन । ‘सबै ठाउँमा प्रहरीले मात्र सक्ने स्थिती छैन्, त्यसका लागि सबैभन्दा जनचेतना फैलाउनु आवश्यक छ ।’ लकडाउनका पालन गरिदिन उनले आग्रह समेत गरे ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा १ हजार ४ सय ६२ जान भारत लगायतका अन्य मुलुकबाट गाउँमा भित्रिएका छन् । दैलेखका सहायक प्रमुख जिल्ला अभिकारी ईन्द्रबहादुर क्षत्रिले कुनै पनि नागरिकहरुले लकडाउनका पालन नगरे कार्बाही गरिने बताए । हामीले आदेश नै जारी गरेका छौँ,’। त्यसो भेटिएको खण्डमा नजिकैको प्रहरी खटाईने र अटेरी गरेको खण्डमा कार्बाही गछौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी