बाह्रबिसे नगरपालिकाले सहुलियत पसल सञ्चालन गर्ने

बाह्रबिसे । नगरबासीलाई सस्तो र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले लक डाउन अवधिभर बाह्रविसे नगरपालिकाले सुपथ मुल्यको पसल सञ्चालन गर्ने भएको छ । जिल्लाका १२ स्थानीय सरकारमध्ये लक डाउनलाई मध्यनजर गर्दै बाह्रविसे नगरपालिकाले पहिलो पटक यस्तो पसल सञ्चालन गर्न लागेको हो ।

लक डाउन लम्बिदै गर्दा बजारमा दैनिक उपभोग्यका सामग्रीहरुको अभाव हुन थालेको र व्यापारीहरुले कालोबजारी गर्ने आशंका नगरबासीले गरेपछि सबैको आग्रहमा सुपथ मुल्यको पसल सञ्चालन गर्न लागेको हो ।

नगरपालिकाको आयोजनामा भएको सर्वपक्षीय बैठकमा लक डाउनको समयमा दैनिक उपभोग्य सामग्रीको मुल्य सूची सबै पसलहरुमा टास्ने र एकप्रति नगरपालिकामा उपलब्ध गराउने निर्णय भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बजारका केही ठुला व्यापारीहरुले यस अघिको निर्णय अटेर गर्दे पसलमा मुल्य सूची नराखेको र मुल्य सूची नगरपालिकामा नपठाएको मेयर शेर्पाले जानकारी दिए । बजारमा दैनिक उपभोग्य सामग्री पाउन कठिन हुने र पाए पनि बढी मुल्य तिर्न नगरबासी बाध्य भएको लिखित र मौखिक गुनासो आएपछि सर्वपक्षीय बैठकले नगरपालिकालाई सुपथ मुल्यको पसल आफैले सञ्चालनका लागि आग्रह गरेको मेयर शेर्पाले बताए ।

सबैबाट गुनासो आएपछि हामी आफै सुपथ मुल्यको पसल सञ्चालन गर्ने निर्णयमा पुगेका छौ मेयर शेर्पाले भने– खरिद नियमअनुसार आवश्यक सामग्री खरिद गरेर नगरबासीलाई बिक्री गर्नेछौ । नगरपालिकाले सरकारी मान्यता प्राप्त साल्ट ट्रेड्रिङ, नेपाल खाद्य संस्था, साझालगायतका संस्थाबाट आवश्यक सामग्रीहरु खरिद गर्ने निर्णय गरेको मेयर शेर्पाले जानकारी दिए ।

नगरपालिकाले चामल, दाल, चिनी, नुन, तेललगायत दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए । नगरपालिकाले सञ्चालन गर्ने सुपथ मुल्य पसलमा कृषकहरुका लागि आवश्यक मल,दाना लगायतका सामग्रीहरु समेत खरिद गर्न लागेको पौडेलले जानकारी दिए । नगरपालिकाको विपद व्यवस्थापन समितिमार्फत जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर सामग्री खरिद गर्न लागिएको पौडेलले जानकारी दिए ।

स्थानीयलाई कृषि क्षेत्रमा लाग्नका लागि कृषिमा अनुदान दिने नगरपालिकाले निर्णय गरेको नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन । कृषिका लागि विऊ, विजन लगायत अन्य कृषि सामग्री र अनुदान नगरपालिकाको तर्फबाट प्रदान गरिने प्राख्रिनले बताइन ।

विपन्नलाई राहत उपलब्ध गराइने
बाह्रविसे नगरपालिकाले नगरभित्रका विपन्नलाई लक्षित गरेर राहत उपलब्ध गराउने भएको छ । लक डाउनले विपन्नलाई दैनिक गुजारा चलाउनसमेत समस्या हुदै गएपछि नगरपालिकाले मापदण्ड बनाएर राहत उपलब्ध गराउन लागेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

नगरपालिकाले जेष्ठ नागरिक, बेसाहार, असाहय, एकल महिला, निर्माण व्यावसायीहरुले उत्तरदायित्व नलिएका मजदुरहरु र सुकुम्बासीलाई मात्रै राहात उपलब्ध गराइने छ । राहात वितरणका लागि सम्बन्धित वडाका अध्यक्षको संयोजकत्वमा ५ सदस्यी समिति समेत गठन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी