आईपीएल अनिश्चित

मुम्बई । विश्व क्रिकेटको सबैभन्दा चर्चित र लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चित कलाको लागि स्थगित भएको छ । विश्वभर महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आगामी संस्करणको आईपीएल अनिश्चित कालसम्मका लागि स्थगित भएको छ ।

आईपीएल दोस्रोपटक स्थगित भएको हो । आईपीएलको १३औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय भएको थियो । तर, विश्वभर कोरोना महामारी फैलिएपछि र भारत सरकारले विदेशीको भिसा रोकेपछि बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो । तर, भारत सरकारले लकडाउन २१ वैशाखसम्म लम्ब्याएपछि आईपीएल अनिश्चित समयका लागि स्थगित भएको हो । यद्यपि, बीसीसीआईले आईपीएल स्थगित’bout अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेक होल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर, रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

एक फ्रेन्चाइज अफिसियलले यस’bout जानकारी दिएको समेत टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । ‘बीसीसीआईले हामीलाई तत्कालका लागि आईपीएल स्थगित भएको जनाएको छ । तर, उनीहरू यही वर्षको अन्त्यमा आईपीएल गर्ने योजनामा छन् । बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाह भारत सरकारको निर्णय कुरिरहेको अवस्थामा सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि अप्रिल र मेमा आईपीएल हुने सम्भावना टरेको हो । बीसीसीआई अध्यक्ष गांगुलीले बारम्बार देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन् ।

अब आईपीएल यो वर्ष हुने सम्भावना निकै न्यून बनेको छ । तर, बीसीसीआईले आईपीएल आगमी अक्टोबर र नोभेम्बरमा गर्न सक्नेछ । अस्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म टी–२० विश्वकप हुँदै छ । उक्त विश्वकप स्थगित भएको खण्डमा आईपीएल अक्टोबर र नोभेम्बरमा हुन सक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसका लागि क्रिकेट अस्ट्रेलिया र आईसीसीले अक्टोबर र नोभेम्बरमा हुने टी–२० विश्वकपको मिति सार्न सहमति जनाउनुपर्नेछ । अस्ट्रलिया सरकारले ६ महिना भ्रमणका लागि रोक लगाएको छ । आईपीएल नभएको खण्डमा ५ हजार देखि ७ हजार करोड भारतीय रुपैयाँ घाटा हुन सक्ने बीसीसीआईले जनाएको छ । हालसम्म भारतमा कोरोना भाइरसबाट ३ सय ७७ जनाको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना