Thursday, May 6, 2021
Home बिचार संक्रमणकालीन जनजीवनको व्यवस्थापन गर

संक्रमणकालीन जनजीवनको व्यवस्थापन गर

,

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि परिस्थतिको मूल्यांकनसहित सरकारले १५ वैशाखसम्मका लागि लकडाउनको समयावधि थप गरेको छ । यो कदम आफैंमा आवश्यक र त्यतिकै अनुमोदित पनि छ । किनकि, महामारी रोकथामका लागि लकडाउनभन्दा अर्को उपाय हाललाई छँदा पनि छैन । तर, लकडाउनले स्वाभाविक रूपमा जनताका आर्थिक क्रियाकलापलाई संकुचन गरेको छ । मानिसलाई महामारीबाट बच्नु त छँदै छ, त्यसमा पनि बाँच्नका लागि साँझ–बिहान हातमुख जोड्ने समस्या पनि छ । महामारीले दानापानीका लागि गरिनुपर्ने आवश्यक आर्थिक क्रियाकलाप नियन्त्रित गर्न खोज्नुका साथै सप्लाइ पनि रोकिरहेको छ । यो द्वन्द्वको स्थितिलाई मध्यनजर गरी मानिसलाई कोरोनाको सम्भावित संक्रमणबाट बचाउन र खान नपाई मर्ने अवस्थाबाट जोगाउन सरकारी निकायबाट सिर्जनात्मक र व्यावहारिक कार्यक्रम अविलम्ब निर्माण गरी कार्यान्वयनमा ल्याउनु जरुरी छ ।

सरकारले अघि सारेका राहत तथा सहयोगका कार्यक्रम क्षणिक र फगत उद्धारका लागि सहयोगीसिद्ध हुन सक्छन् । तर, महामारीको अवधि र चरित्र दीर्घकालीन प्रकृतिको देखा पर्दै गइरहेको छ । लम्बिँदो महामारी संक्रमण र यसको चक्रलाई नियाल्दा अब सरकारले आर्थिक उत्पादनका व्यावहारिक कार्यक्रम ढिला नगरी ल्याउनुको विकल्प छैन । यसका लागि सरकारले देशलाई मुख्य सहरी इलाका, सहायक सहरी इलाका, सामान्य सहरी इलाका, घना आवादी इलाका, ग्रामीण इलाका र छरिएको बस्ती भएका इलाकामा वर्गीकरण गरी ती स्थानमा सामाजिक दुरी कायम रहने गरी उत्पादित वस्तु सरकारले व्यवस्थापन गर्ने गरी उत्पादनका कार्यक्रम दिइनुपर्छ । छरिएर रहेका बस्ती वा ग्रामीण इलाकामा मानिसहरू कृषि तथा पशुपालनका काममा निरन्तर लगिरहन सक्छन् भने सहरमा रहेका मानिस कोठाभित्र गरिने कामहरूमा संलग्न हुन सक्छन् । सामान्य परिभाषामा ‘आउटडोर’ र ‘इन्डोर’ गरी आर्थिक उपार्जनका काम तथा क्रियाकलापलाई दुई प्रकृतिका काममा बाँडिदा ठीकै हुने देखिन्छ । त्यसमा पनि हाम्रो जस्तो विविधतायुक्त देशमा स्थानीय कच्चा पदार्थ वा स्रोतसाधनलाई परम्परागत ज्ञान र सीपका आधारमा अधिकतम उपयोग गर्न सकिने गरी कार्यक्रम निर्माण गरिँदा बढी वैज्ञानिक र वस्तुवादी हुनेछ ।

यसका लागि गाउँगाउँमा सिंहदरबारका रूपमा पु-याइएका स्थानीय सरकारले स्थानीय वस्तुस्थिति, साधनस्रोत, ज्ञानसीप र सम्भाव्यताको प्रारूप तयार पारी प्रदेश तथा संघीय सरकारलाई अविलम्ब दिन लगाउनुपर्छ । स्थानीय सरकारले निर्माण गरी पठाएका सम्भाव्यताको जाँच र विश्वसनीयताको ठहरसहित प्रदेशले संघीय सरकारलाई आवश्यकतामा नियमित ब्रिफिङ गरिरहनुपर्छ र स्थानीय कार्यक्रमको उचित समायोजन तथा अनुगमन गरिरहनुपर्छ । कोरोनाजस्तो विश्वव्यापी महामारीको प्रभाव न्यूनतम एक दशक रहने देखिन्छ । एक दशक भनेको परिवर्तनको एउटा ठूलो कालखण्ड हो । यो अवधिमा आवधिक निर्वाचनमार्फत दुई दुईवटा सरकार बन्नेछन् । त्यसैले तत्काल हेर्दा कार्यनीतिक तर रणनीतिक उद्देश्यका क्रमिक चरणका रूपमा कार्यक्रमको विकास गर्नु जरुरी छ । तत्कालका लागि ‘ब्रेड’ र दीर्घकालका लागि ‘ब्रेन’ का रूपमा नीति, योजना तथा कार्यक्रम तय गर्न वर्तमान सरकारले जननीति अख्तियार गर्नु जरुरी छ ।

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

साताका लोकप्रिय समाचार

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

खानेपानी मन्त्री मणि थापालाई सङ्क्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ । उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव...

हाँसो : सर्वाधिक संक्रमणबाट बच्ने उत्तम औषधी !

कोभिड–१९को दोस्रो झड्का (वेभ) सुरु भएसँगै मानिसमा बेचैनी बढेको छ । त्यसले मानसिक स्वास्थ्यमा समेत प्रभाव पार्न थालेको पाइन्छ । वर्तमान अवस्थामा कोभिड–१९ विरुद्ध...

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको...

ट्रेन्डिङ

मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग नजिक...

फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

सउल । कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक...

दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला काठमाडौ, ललितपुर र पोखरामा हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा नेपाल भ्रमण वर्ष २०२०...

भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छिन् । प्रतिनिधिसभाको कृषि, सहकारी...

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...

ललिता निवास प्रकरणमा समितिको प्रतिवदेनअनुसार नै कारवाही : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार...

काेराेना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको हाे । विगत १४...

चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

उदयपुर ।  जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ...

प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरुद्ध

मोरङ । प्रदेशसभाको बैठक सत्तापक्षबाट अवरुद्ध गरिएको छ । सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु गर्न खोजेपछि मुख्यमन्त्री शेरधन राई निकट नेकपाका प्रमुख सचेतकलगायतका सांसदहरुले...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

कोरोना नियन्त्रणमा सरकारले चाल्नुपर्ने तत्कालीन कदम

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले समाजका धनी, गरिब कसैलाई बाँकी राखेको छैन । तर, यसबाट सबैभन्दा बढी गरिब र बेरोजगार प्रताडित भएका छन् ।...

अष्ट्रेलियाका प्रधानमन्त्रीले भने, कोरोना फैलनुमा चीनको मासु बजार मुख्य कारण

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले चीनका कारण कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिएको भन्दै ची प्रति आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री मरिसनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)