राना थारु समुदायमा तिजको रौनक

महेन्द्रनगर । सुदूरपश्चिमको तराईका आदिवासी रानाथारु समुदायमा तिजको रौनक छाएको छ । कञ्चनपुर र कैलालीमा मात्र बसोबास रहेका रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन आफ्ना दाजुभाइ र भतिजाहरूको उन्नति, प्रगति र दीर्घायुको कामना गर्दै पानी समेत नपिएर निराहार व्रत बस्ने गर्दछन् ।

हरेक वर्ष श्रावण शुक्ल पक्षको तृतीया तिथिका दिन रानाथारु समुदायले तीज पर्व मनाउने गर्दछन् । रानाथारु समुदायले तीजलाई दिदीबहिनी र दाजुभाइको आत्मीयता बढाउने महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।

रानाथारु गाँउमा तीज पर्वको आगमन संगै दाजुभाइले दिदीबहिनीहरुका लागि (डोला) रानाथारु भाषामा पिङ्ग राख्ने चलन समेत रहेको छ । जस्लाइ सावनको डोला भन्ने गर्दछ्न । उत्त दिन दिदीबहिनीहरुले बिस्तारै पिङ्ग खेल्दै मांगलिक गीतहरु गाउने गर्दछन् । दिदीबहिनीले पानी समेत नपिएर निराहार ब्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

राना थारु समाजको आयोजनामा कञ्चनपुरको बेलौरीमा रानाथारु समुदायको महत्वपूर्ण पर्व तीजका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीको आतिथ्यतामा गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सभ्य र परम्परागत शैलीले तीज मनाउन सबैमा आग्रह गरेका छन् । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भेषभुषा संरक्षणगर्नमा पालिका लागि पर्ने बताएका छन् । यति बेला रानाथारु बस्तीहरु पिङ्गले सजिएका छन् ।

रानाथारु समुदायको बाहुल्यता भएका गाउँहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएका छन् । रानाथारु समुदायको तीजका अवसरका आज बुधबार कञ्चनपुर र कैलालीका केही स्थानीय तहहरूले स्थानीय बिदा समेत दिएका छन् । आजका दिन रानाथारु बस्तीहरुमा तिज र सामनको डोलाको छुट्दै रौनक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको पूर्वखोला गाउँपालिकामा सवै पदमा एमाले विजयी