डेंगु, डब्लूएचओ र नेपाल

डेंगुले सताइरहेकै छ । डेंगु भाइरसबाट मानिसलाई बचाउन अहिलेसम्म कुनै खोप बनेको छैन । बनेका पनि स्वीकृत भएका छैनन् । संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले लामखुट्टेको संख्या नियन्त्रण गर्न सुझाव दिएको छ ।

प्रचारप्रसार, सामाजिक परिचालन र कानुन प्रयोग गरेर सार्वजनिक स्वास्थ्य संगठनहरू र समुदायहरूलाई बलियो बनाउने, समाजका सबै अंग मिलेर काम गर्ने, सार्वजनिक क्षेत्र सरकारी, निजी क्षेत्र, व्यवसाय र निगमहरू, स्वास्थ्य सेवा क्षेत्र समावेश परिचालन गर्ने रहेका छन् ।

उपलब्ध स्रोतहरूको सबैभन्दा प्रभावकारी प्रयोग गर्न रोग नियन्त्रणका सबै विधिहरू एकीकृत हुनुपर्छ । प्रमाणका आधारमा निर्णय लिनुपर्छ । यसपछि मात्र डेंगुलाई सम्बोधन गर्ने उपाय उपयोगी हुनेछन् । डेंगुको समस्या भएका क्षेत्रहरूलाई रोगसँग लड्न आफ्नो क्षमता निर्माण गर्न सहयोग गरिनुपर्छ ।

डेंगु फैलनुमा ग्लोबल वार्मिङ बढी जिम्मेवार छ । ग्लोबल वार्मिङको असन्तुलनका कारण डेंगु पनि फैलिरहेको छ । सन् १९६० को आसपास, यो दक्षिण एसिया र दक्षिण अमेरिकाका केही देशहरूमा मात्र पाइयो । अहिले यो विश्वका १ सय २५ देशमा फैलिसकेको छ र हरेक वर्ष करिब ५० करोड मानिस डेंगुको सिकार हुने गरेका छन् । जसमध्ये २५ देखि ३० हजार मानिसको मृत्यु हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी