परिषदद्वारा गोकर्णेश्वरको ओख्रेनी र बालसुधार माविका विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँको सुन्दरीजलमा रहेको श्री ओख्रेनि मावि र श्री बालसुधार मावि लाई शैक्षिक सामग्री वितरण गरेको छ ।

मंगलबार विद्यार्थी परिषद्ले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा। वि। र सुन्दरीजलको ओख्रेनि मा।विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्का सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन्,

परिषद्ले यस वर्ष भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाको समन्वयमा देशको १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरूप यही साउन १८ गते पत्रकार सम्मेलन गरेर वितरण गरिने जिल्ला र शैक्षिक सामग्रीहरू सार्वजनिक गरेको थियोे । त्यसै अनुरूप साउन २९ गते मंगलबार परिषद्ले उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको दुई विद्यालयहरू ओख्रेनि मा।वि। र बालसुधार मा।विबाट उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम सुरु गरेको छ ।

उक्त वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, उपमेयर सान्नानि लामा, विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, सेवा र बिकासका लागी युवाका बाग्मति प्रदेशका उपाध्यक्ष डा। प्रेमराज न्यौपाने, हिन्दू स्वयंसेवक संघ नेपालका पूर्वि जिल्ला संघचालक गौतम खनाल, संघका गोकर्णेश्वर नगर संघचालक दामोदर खनाल,गोकर्णेश्वर नगर कार्यपालिका सदस्य, माया तामाङ, विद्यार्थी परिषद्का काठमाडौं महानगर संगठनसचिव एवम् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की, ओख्रेनि मा। वि।का प्राचार्य देवराज भट्टराई, बालसुधार मा। वि।का प्राचार्य हेमराज घिमिरे लगायत वडा सदस्यहरू,वि। वि।स। का सदस्यहरू, विद्यार्थी कल्याणकारी कोषका पदाधिकारी लगायतका व्यक्तित्वहरू विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ ।

उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोकर्णेश्वर वडा नम्बर २ का वडा अध्यक्ष मधु तामाङले गर्नु भएको थियोे ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)