काठमाडौं । लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय रहेका नृत्य निर्देशकहरु सँगठित भएका छन् । चलचित्र नृत्य निर्देशक संघले नृत्य निर्देशकहरुलाई नसमेटेको भन्दै उनीहरु एकिकृत भएका हुन् । यसै क्रममा अग्रज नृत्य निर्देशक महेश्वर सुनार (महेश गोदार ) को अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय नृत्य संघ नेपाल गठन भएको छ ।
यो संघको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल, उपाध्यक्ष प्रेम श्रेष्ठ, रोहिया महर्जन, कविराज गहतराज चयन भएका छन् । यस्तै संघको सचिबमा शिवराम कासुला, सह सचिवमा शान्ति कठायत, कोषाध्यक्षमा प्रशान्त तामाङ चयन भएका छन् ।
यस्तै संघको केन्द्रिय कार्यसमिति सदस्यहरुमा दिपेन्द्र शाही ठकुरी, महेश प्रकाश हाडा, नम्रता केसी, यमुना पिठकोटे, सुर्या कार्की, जगदीश गुरुङ, किसान नेपाली, रोहित बस्नेत र बिशम राजवंशी चयन भएका छन् ।
चलचित्र, म्युजिक भिडियो, स्टेजसँगै नृत्य प्रशिक्षकका रुपमा सक्रिय नृत्य निर्देशनहरु यो संघमा समेटिएका छन् । उनीहरुको हक अधिकारको लागि यो संस्था स्थापना गरिएको अध्यक्ष महेशले राजधानीलाई बताएका छन् ।