चलचित्र विकाश बोर्ड अध्यक्षमा ६ चलचित्रकर्मीको उम्मेदवारी

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । गत १६ साउनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन प्रकाशित गर्दै बोर्डमा अध्यक्ष बन्न चाहने चलचित्रकर्मीले १५ दिन भित्र आवेदन दिन आह्वान गरेको थियो । सो आह्वान अनुसार ३१ साउनसम्म अध्यक्षको लागि ६ जनाको आवेदन परेको चलचित्र विकाश बोर्डका सदस्य सचिव राजेश कुमार थापाले बताएका छन् ।

सञ्चार मन्त्रालयले आवेदन मागेका कारण सो मन्त्रालयमै पुगेर ६ जनाले आवेदन दिएका हुन् । बोर्ड अध्यक्षका लागि यसरी आवेदन दिनेमा चलचित्र निर्देशकहरु दिनेशराज दाहाल (डिसी), राजेश थापा, दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई, अभिनेत्री करिश्मा मानन्धर र चलचित्र निर्माता एवम् गायक अर्जुन कुमार डंगोल रहेका छन् ।

बोर्डका सदस्य सचिव राजेश कुमार थापाका अनुसार अब यी ६ जना उम्मेदवारबाट उनीहरुको ’boutमा अध्ययन गरेर सिफारिस समितिले बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जनाबाट मन्त्री परिषदले एक जनालाई चलचित्र विकाश बोर्डको अध्यक्षमा दुई वर्षको लागि नियुक्त गर्नेछ ।

बोर्डका अध्यक्ष कार्यकारी रुपमा रहने छन् । चलचित्र विकाश बोर्डको अध्यक्षमा उम्मेदवारी दिने ६ जना मध्य चार जना निर्देशक हुन भने एक जना निर्माता र एकजना अभिनेत्री हुन् । यी ६ जना मध्य अध्यक्षका लागि दिनेशराज दाहाल (डिसी), राजेश थापा र करिश्मा मानन्धरको सक्रियता बढी देखिएको छ ।

अध्यक्ष बन्ने दौडेमा रहेकी अभिनेत्री करिश्मा मानन्धर बिगत ३६ वर्षदेखि नेपाली चलचित्र उधोगमा सक्रिय छिन् । यो साँढे तिन दशकको चलचित्र यात्रामा ६ दर्जन भन्दा बढी चलचित्रमा नायिकाको रुपमा उनले काम गरिसकेकी छिन् । २०४५ सालमा निर्माण भएको चलचित्र ‘सन्तान’देखि यतिबेला छायाँकन भईरहेको चलचित्र माईलीसम्म नेपाली चलचित्र उधोगमा आफ्नो यात्रा अनवरत रुपमा रहेको यी अभिनेत्रीले बताएकी छिन् । हालसम्म बोर्डको अध्यक्ष पुरुष चलचित्रकर्मी मात्र बन्दै आएकाले महिला चलचित्रकर्मीहरुको प्रतिनिधित्व गर्दै आफु अध्यक्षको रुपमा बोर्डमा जान लागेको उनले बताएकी छिन् । यी अभिनेत्री यतिबेला स्नातकमा अध्ययनरत छिन् ।

यस्तै कलाकार तथा निर्देशक दिनेशराज दाहाल (डिसी) २०५० बाट कलाकारको रुपमा टवाक्क टुक्क कमेडी कार्यक्रम मार्फत नेपाली चलचित्र उधोगमा प्रवेश गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् । चलचित्र सुनचाँदी र शँकरमार्फत खलचरित्रको रुपमा अभिनय यात्रा अघि बढाएका दिनेशले करिब ५ दर्जन चलचित्रमा काम गरिसकेका छन् । मायाजबार, ६ एकान ६, फुलै फुलको मौसम तिमीलाई जस्ता चलचित्र तथा करिब दुई दर्जन टेली चलचित्रको निर्देशन गरेका उनी चलचित्र विकाश बोर्डलाई स्वयत्त बनाउँदै स्वेदशी चलचित्रको विकाशको लागि बोर्ड अध्यक्ष बन्न लागेको बताउँछन् । उनी नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष पनि हुन् । उनी विज्ञानमा स्नातक हुन् ।

यस्तै अध्यक्षका अर्का दावेदार राजेश थापाले चलचित्र बलिदानबाट निर्माण नियन्त्रकको रुपमा २०५२ सालबाट चलचित्र यात्रा सुरु गरेका हुन् । अस्कर कलेज अफ फिल्म स्टिडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेका राजेशले मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । हालसम्म १३ वटा बृत्तचित्र र करिब पाँच दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका थापा नयाँ चलचित्र निर्देशनको तयारीमा रहेको बताउँछन् । यस अघि चलचित्र सेन्सर बोर्डका सदस्य र सांस्कृतिक संस्थानका महाप्रबन्धक समेत भईसकेका राजेश नेपाली चलचित्रको स्तर माथि उठाउँदै राष्ट्रिय चलचित्र नीति ल्याउन र समग्र नेपाली चलचित्र उधोगको हितमा काम गर्न अध्यक्ष बन्न लागेको बताउँछन् । उनी एमाले सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघका उपाध्यक्ष हुन् ।

यस्तै अस्कर कलेज अफ फिल्म स्टिडिजबाट चलचित्र निर्देशनमा स्नातक गरेकी दीपा बस्नेत बिगत डेढ दशकदेखि नेपाली चलचित्र उधोगमा सक्रिय छिन् । चलचित्र अन्तराल र श्री ५ अम्बरे गरी दुई चलचित्र निर्देशन गरेकी दीपा चलचित्र विकाश बोर्डमा महिलाहरुको नेतृत्व हुनुपर्छ भन्ने पक्षमा छिन् । नेपाली चलचित्र उधोगको हितमा काम गर्न आफुले अध्यक्षमा उम्मेदवारी दिएको दीपाको कथन छ ।

यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन कुमार डंगोलले दुई दशक अघिबाट गायकको रुपमा कला क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए । चलचित्रमा भने उनले निर्माताको रुपमा यात्रा अघि बढाएका छन् । चपली हाईटको तीन वटै सृँखला, फाटेको जुत्ता जस्ता चलचित्र निर्माण गरिसकेका अर्जुन कुमार यतिबेला नयाँ चलचित्र सानो संसारको निर्माणमा छन् । यस अघि चलचित्र विकाश बोर्डको सदस्य भएर काम गरेको अनुभव आफुसँग भएकाले बोर्ड अध्यक्षको रुपमा आवेदन दिएको अर्जुनको भनाई छ । बोर्डमा गएर गर्नु पर्ने थुप्रै कामहरु रहेको यी निर्माताले बताएका छन् ।

चलचित्र विकाश बोर्डका अर्का पूर्व सदस्य प्रकाश भट्टराईले पनि बोर्ड अध्यक्षमा यतिबेला निवेदन दिएका छन् । बोर्डमा रदस्य भएर काम गर्दाको अनुभव आफुसँग रहेकाले बोर्ड अध्यक्षको रुपमा उम्मेदवारी दिएको यिनले बताएका छन् । स्नातकसम्मको अध्ययन गरेका प्रकाश बिगत दुई दशकदेखि नेपाली चलचित्र उधोगमा छन् । उनी राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध छन् ।

यसरी यी ६ जनाले चलचित्र विकाश बोर्डको अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । यिनीहरुले अब सञ्चार मन्त्रालयले माग गरे बमोजिम चलचित्र विकाश बोर्डमा अध्यक्ष भएर आफुले गर्ने कामहरुको ’boutमा परियोजना बुझाउने छन् । त्यसपछि सिफारिस समितिको सिफारिसमा उत्कृष्ट ३ मा पुगेको तीन सिनेकर्मीमध्य एकजनालाई चलचित्र विकाश बोडको अध्यक्षको रुपमा मन्त्री परिषदको बैंठकले चयन गर्नेछ । यही भदौको दोश्रो सातासम्म चलचित्र विकाश बोर्डले नयाँ अध्यक्ष पाउने छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको गत ९ साउनमा दुई वर्षको अध्यक्षको कार्यकाल सकिएको थियो । त्यसपछि रिक्त रहेको बोर्ड अध्यक्षमा अब नयाँ अध्यक्ष नियुक्तको तयारी भईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी