आज जनैपूर्णिः बिहानदेखि दिनभर रक्षाबन्धन गर्न मिल्ने

ललितपुर । नयाँ जनै फेर्दै र रक्षाबन्धन डोरो नाडीमा बाँध्दै आज (सोमबार) जनैपूर्णिमा मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूिर्णमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यस पर्वलाई रक्षाबन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ । पूर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरूले बिहानै उठेर नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा छ । उनिहरूले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

जनै लगाउने तागाधारीहरूले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपमार्गले दाँत माँझ्ने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद्हरू बताउँछन् । पूर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी भन्ने गरिएको हो । पूर्णिमाका दिन पुरोहितहरूले यजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धागो बाँध्नाले शरीरको रक्षा हुने विश्वास रहिआएको छ ।

‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल ।।

मन्त्र पढ्दै ब्राह्मणहरूले यजमानको नाडीमा रक्षाबन्धन बाँधिदिन्छन् । भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ¬धागो आप्mना पति देवराज इन्द्रको हातमा बाँधेर आप्mना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै सम्झना र विश्वासमा स्वर्ण, अक्षता, सस्र्यू, दुबो, सर्वौषधि आदि पदार्थद्वारा वैदिक मन्त्रोच्चारणका साथ अभिमन्त्रित रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मिक विश्वास छ । पुरोहितद्वारा रक्षाबन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन गर्ने परम्परा चलेको धार्मिक विश्वास छ ।

रक्षाबन्धन धागो महिलाहरूको बायाँ नाडीमा र पुरुषहरूको दायाँ नाडीमा बाँध्ने चलन छ । यस दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । यसरी डोरो गाईको पुच्छरमा बाँधेमा मरेपछि त्यही डोरो समातेर वैतरणी तरिने कथन छ । यस पर्वमा गोसाइँकुण्ड, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मिक स्थलमा मेला लाग्ने गर्छ । सर्वसाधारण नआए पनि ती मन्दिरमा अत्यावश्यक पूजाआजा मात्र गरिँदै छन् । जनै पूर्णिमालाई नेवार जातिले ‘गुंपुन्हि’ वा क्वाँटी ‘नखअ’ पनि भत्रे गर्छन् ।

ठूलो केराउ, सानो केराउ, भटमास, गेडा सिमी, बोडी, गेडा मास, गेडा मुङ, चना, मस्याङलगायतका नौ थरीका गेडागुडी मिसाएको क्वाँटी नेपालीहरूले आजका दिन खाने गर्छन् । साउन महिनामा मनसुनी झरी परिरहने हुँदा मानिसहरूको स्वास्थ खराब भई चिसो लाग्ने, ज्वरो आउनेजस्ता रोग लाग्ने हुँदा क्वाँटी खाँदा यसले शरीरमा शक्ति बढाई रोगहरूसँग लड्ने क्षमता बढाउँछ भन्ने विश्वास छ ।

पूर्णिमाका दिन नेवार समाजमा भ्यागुतोलाई भात ख्वाउने अर्थात् ‘ब्यांजा नकेगु’ भनेर सिमीको पातमा भात, क्वाँटी, मासु, मुला, भ्यागुते फूल आदि राखेर कृषकहरूले आ¬आप्mनो खेतमा र अरूहरूले आप्mनो घरको दैलामा राख्ने चलन छ । विभित्र प्रकारका स्वरबाट वर्षा र खेतीको काम’bout कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमंगलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले यसै दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको हो ।

गुंपुन्हीको चार दिनअगाडि चाँगुनारायण देवतालाई हनुमानढोकामा लगिन्छ । जनैपूर्णिमाका लागि क्वाँटी भिजाउँदा हुन्छ भत्रे सन्देश दिन यसो गरिएको हो भनिन्छ । तराईमा भने पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु र सुरक्षाको कामना गर्दै राखी बाँध्ने गर्छन् । पूर्णिमाका दिन भगवान् गौतमबुद्धले आप्mनो काम शक्तिमाथि विजय प्राप्त गरेको प्रसंग बौद्धग्रन्थको ललित विस्तारमा उल्लेख गरिएको छ ।

सर्वसाधारणले जुनसुकै बेला रक्षाबन्धन गर्न मिल्ने
नेपाल पञ्चांग निर्णायक विकास समितिले जनैपूर्णिमाका दिन सर्वसाधारणले जुनसुकै बेला रक्षाबन्धन गर्नसक्ने स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र आमजनमानसमा यसपटक बिहानदेखि दिउँसोसम्म रक्षाबन्धन गर्न नहुने भनेर प्रचार भएपछि समितिले एक विज्ञप्ति नै जारी गरी यस्तो बताएको हो ।

विज्ञप्तिमा आज (सोमबार) पूर्णिमा तिथिमा जुनसुकै बेला पनि सर्वसाधारणले जनै तथा रक्षाबन्धन धारण गर्न मिल्ने स्पष्ट पारेको छ । समितिको विज्ञप्तिनुसार शासन सत्तामा रहेकाहरूले भने समय हेरेर रक्षाबन्धन तथा जनै धारण गर्नु उपयुक्त हुने उल्लेख छ ।

आज (सोमबार) पूर्णिमा तिथि ४७ घडी १९ पला छ । घन्टा मिनेटनुसार त्यसदिन दिउँसो १ बजेसम्म भद्रा परेको छ । यसलाई लिएर रक्षाबन्धन गर्न हुने वा नहुने अन्योल पैदा भएपछि प्रस्ट पारेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार भद्रामा श्रावणीसम्बधी काम गरे शासन सत्तामा रहेकाहरूको नाश हुने र होलिका दहन गरेमा गाउँ एवं सहर नाश हुन्छ भनेर शास्त्रमा लेखिएको छ ।

रक्षाबन्धनमा श्रावणी सम्बन्ध काम गर्ने भएकाले शासन सत्तामा रहेकाहरूले १ बजेर ३१ मिनेटपछि रक्षाबन्धन गर्न राम्रो हुने उनले बताए ।

सर्वसाधारणलाई भने त्यसको कुनै असर नरहने भएकाले रक्षाबन्धन गर्न सकिने उनले बताए । किनकि, भद्रा मत्र्यलोकमा भएका बेला मात्र हानी हुन्छ । ‘अहिले मकर राशिमा चन्द्रमा भएकाले पातालको हुन्छ र यसमा कुनै पनि कार्य गर्दा धन लाभ हुने शास्त्रमा उल्लेख छ,’ समितिका अध्यक्ष प्राध्यापक अधिकारीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी