संविधान दिवसबाट कात्तिक अन्तिममा पुग्यो ह्रस्व दीर्घ

काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ अब ३ असोज संविधान दिवसको दिन नआउने भएको छ । यो चलचित्रको निर्माण कार्य पुरा नभएका कारण अब त्यो मितिमा नआउने यसकी निर्माता तथा अभिनेत्री निता ढुंगानाले बताएकी छिन् ।

उनले यो चलचित्रको नयाँ प्रदर्शन मिति पनि घोषणा गरेकी छिन् । आफ्नो चलचित्र अब ३० कार्तिकमा रिलिज हुने उनले बताएकी छिन् । चलचित्रको प्रदर्शन सार्नुको कारण’bout निताले विज्ञप्ति मार्फत भनेकी छिन्,‘नेपाली चलचित्र क्षेत्रमा केहि नयाँ र भिन्न गर्ने सोचले नेपालीसँगै वलिउड र दक्षिण भारतीय चलचित्रका कलाकार र प्राविधिक जोडेर ठूलो जोखिमकाबीच हामी यो चलचित्र निर्माणमा जुटेका थियौं ।

निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भएकाले ३ असोजमा ह्रस्व दीर्घ प्रदर्शनमा ल्याउन असमर्थ भएका छौं ।’

वितरण कम्पनिहरूसँगको छलफलपछि आगामी ३० कात्तिकमा चलचित्र रिलिजको मिति तय गरिएको उनले बताएकी छिन् । ३ असोजमा सार्वजनिक गर्न नसकेकोमा उनले दर्शकसँग क्षमा मागेकी छिन् । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने सिनेमा पस्किने उद्देश्यले प्राविधिक काममा कुनै सम्झौता नभएको यसका अभिनेता एवम निर्माता हरिहर अधिकारीले बताएका छन् ।

नीता फिल्मसको प्रस्तुती रहेको यो चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै दक्षिण भारतबाट यो चलचित्रमा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्माको शिर्ष भूमिका रहेको छ ।

यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । अभिनेता हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा एवम् संवाद रहेको यो चलचित्रलाई बलिउडका सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यो चलचित्र नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता