निर्मला पन्तको कारुणिक कथामा बन्यो देबी

काठमाडौं । पहिल्लो समय नेपाली चलचित्र पनि समाजका यथार्थ घटनासँग जोडिएर निर्माता हुन थालेका छन् । यसै क्रममा केही वर्ष अघि बलात्कारबाट हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको कारुणिक कथामा केन्द्रित रहेर चलचित्र ‘देवी’ निर्माण गरिएको छ ।

अव कुनै पनि नेपाली चेलीको अबस्था निर्मलाको जस्तो नहोस भनेर त्यसको खबरदारी गर्न यो चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई तीजको अवसर पारेर २१ भदौमा रिलिज गरिने भएको छ । समाजमा बलात्कृत धेरै नारीहरुले न्याय नपाएकाले त्यसको वकालत यो चलचित्रले गर्ने निर्माण पक्षको दाबी छ ।

यसैबीच काठमाडौंमा एक समारोहबीच चलचित्र देवीको ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३९ सेकेण्डको ट्रेलरले समाजमा हुने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको संक्षिप्त कथा समेटिएको छ । ट्रेलरले पनि यो चलचित्र निर्मला पन्तको हत्याकाण्डसँग सम्बन्धित रहेको जनाउँछ ।

यो चलचित्रलाई संजोग राईले निर्देशन गरेका हुन् । लामो समय फोटोग्राफर भएर काम गरेपछि यही चलचित्रबाट निर्देशन यात्रा सुरु गरेका राईको कथन छ । निर्मला पन्त लगायत विभिन्न नेपाली चलीमाथि भएको जरबजस्ती करणले कथाले आफुलाई छोएकाले अब यस्तो नहोस भनेर सचेतनाको लागि यो चलचित्र बनाएको उनले बताए । समाजिक न्यायका लागि यस्ता कथामा चलचित्र बनाएको पनि देवीका निर्देशक राईले बताए ।

यो चलचित्रको कथा निकै कारुणिक भएकाले कथाबाट प्रभावित भएर आफुले यो चलिचत्रमा काम गरेको अभिनेत्री शिल्पा मास्केले बताएकी छिन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको पनि शिल्पाले जिकिर गरिन् । यो चलचित्रमा शिल्पा मास्केसँगै गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको यस चलचित्रका कार्यकारी निर्माता जावेद खान, सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । यसलाई जोएल फ्रोमले छायांकन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित