भारतका प्रसिद्ध गायक तथा अभिनेता किशोर कुमारले चार महिलासँग विवाह गरेका थिए । पहिलो रुमा गुहा ठाकुर, दोस्रो मधुबाला, तेस्रो योगिता बाली र चौथो विवाह लीना चन्दावरकरसँग भएको थियो । तर, चर्चा गरिन लागिएकी पात्र हुन्, चौथो श्रीमती अर्थात् लीना चन्दावरकर’bout ।
लीना आफ्नो समयकी चर्चित अभिनेत्री थिइन् । किशोर कुमारसँग विवाह गर्नुअघि उनले बलिउडलाई ठूला र हिट चलचित्रमा काम गरिसकेकी थिइन् । लीना चौथो श्रीमती त थिइन् नै, तर लीनाको जीवनमा किशोरकुमार पनि पहिलो पति थिएनन् ।
किशोर कुमारसँग विवाह गर्नुअघि लीनाले पहिलो विवाह गरेकी थिइन् । तर, उनले २५ वर्षको उमेरमा विधवाको नियति भोग्नुप¥यो ।
पहिलो विवाह
लीनाको पहिलो विवाह गोवाका सिद्धार्थ बन्दोडकरसँग भएको थियो, जो राजनीतिज्ञ थिए । चलचित्र ‘बिदाइ’पछि लीनाले सिद्धार्थ बन्दोडकरसँग विवाह गरेकी थिइन् । विवाह भएको ११ दिनमात्रै बितेको थियो र त्यही दिन एउटा यस्तो घटना भयो, जसले सबैलाई चकित बनायो ।
बन्दुक सफा गरिरहेका सिद्धार्थले आफैंलाई गोली हानेका थिए । उनलाई तत्कालै अस्पताल भर्ना गरिए पनि ज्यान बचाउन सकिएन । त्यतिबेला लीना २५ वर्षकी थिइन् । श्रीमानको मृत्युपछि लीना आमाबुवाको घरमा बस्न थालिन् ।
तर, त्यहाँ उनलाई गाली गर्ने गर्दथ्यो र श्रीमानको मृत्युको कारण पिरोलिएकी लीनालाई आत्महत्या गर्ने सोच आउन थाल्यो । त्यसपछि उनले चलचित्रमा काम गर्ने निधो गरिन् । उनले दिलीप कुमारसँग ‘बैराग’मा काम गरे, यद्यपि चलचित्र ङ्खलप भयो ।
त्यसपछि लीनाले ‘आखरी गोली’, ‘खलनायक’ र ‘यारोका यार’जस्ता चलचित्रमा काम गरिन् । किशोर कुमारले चलचित्र ‘प्यार अजनबी हे’मा काम गर्दा लीनालाई मन पराउन थालेका थिए । दुवै सँगै समय बिताउन थाले र प्रेममा परे । तर, लीनाको परिवार यो सम्बन्धबाट खुसी थिएन । किशोर कुमारकी पहिलो श्रीमती रुमा गुहासँग सम्बन्धविच्छेद र दोस्रो श्रीमती मधुबालाको निधन भइसकेको थियो ।
तेस्रो श्रीमती योगिता बालीसँग पनि सम्बन्धविच्छेद भएको थियो । त्यसैले, लीनाको परिवारले आफ्नी छोरीलाई ‘त्यस्तो व्यक्तिसँग विवाह गरोस्’ भन्ने चाहँदैनथे । अर्को कारण, लीना र किशोर कुमारको उमेरमा २० वर्षको अन्तर थियो । किशोर कुमारले भने विवाह गरे भने लीनासँग मात्रै गर्ने अडान राखेका थिए । तर, लीनाका बुवा राजी थिएनन् ।
त्यसैले, किशोर कुमारले उनीहरूको घरबाहिर धर्ना कस्न थाले । उनी कुमार चर्को स्वरमा गुनगुनाउँथे, मलाई घृणा गर्नेहरूको मन मायाले भरिदेऊ । लीनाका बुबा आर्मी अफिसर भएकाले कडा स्वभावका थिए । अन्ततः किशोरले उनको मन जिते र छोरी दिन राजी भए ।
७ महिनाकी गर्भवती
सबैको सहमतिमा विवाह गर्दा लीना सात महिनाकी गर्भवती थिइन् । विवाहपछि लीनाले छोरालाई जन्म दिइन्, जसको नाम ‘सुमित’ राखियो । लीनाको जीवनमा प्रेम निकै छोटो समय टिक्यो ।
विवाह भएको ७ वर्ष नबित्दै किशोर कुमारको हृदयघातका कारण मृत्यु भयो । त्यसपछि लीना किशोर कुमारकी जेठी श्रीमती रुमा गुहा र छोरा अमित कुमारसँग बस्न थालिन् । लीना अझै उनीहरूसँगै बस्छिन् ।