काठमाडौं । नेचरइसेन्स र कलरइसेन्सले काठमाडौंमा ‘२०औं तीज फेस्टिबल–२०८१’ आयोजना गर्ने भएको छ । नेचरइसेन्स र कलरइसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो जानकारी गराएका हुन् ।
मुलत नारीहरुको लागि सौन्दर्य सामग्री उत्पादन गर्दै आएको यो कम्पनीले दुई दशक यताबाट बर्सेनी महिलाहरुलाई लक्षित गरेर तीज महोत्सब आयोजना गर्दै आएको छ । बिगत झै यसपटक पनि यो महोत्सबमा नेपालमा दर्जन कलाकारहरुले आफ्ना चर्चित गीतसंगीत प्रस्तुत गर्नेछन् । ती कलाकारहरुले दुई वटादेखि पाँचवटासम्म गीत संगीत यो महोत्सबमा प्रस्तुत गर्ने पनि उनले बताएका छन् ।
काठमाडौंमा जमल स्थित होटल एलो पगोडामा १३ भदौ बिहिबार बिहान १०ः३० बाट बेलुका ५ः३०सम्म यो महोत्सब आयोजना गरिने कन्ट्री डिरेक्टर रमेश उप्रेतीले जानकारी गराएका छन् । बिहान सुरुमा डेढ घन्टा भारतका सौन्दर्यकर्मी निरजकुमारले नेपालका पाँचसय भन्दा बढी व्युटिसियनहरुलाई ‘प्रो ल्याक्टो प्रोटिन फेशियल’ प्रशिक्षण दिने छन् । त्यसपछि दिउँसो १ बजेबाट बेलुका ५ः३० बजेसम्म साँगीतिक कार्यक्रम तथा प्रहसन प्रस्तुत गरिने छ ।
यसपटक दिनेश डिसीले सहजीकरण गर्ने यो कार्यक्रममा जितु नेपाल र दिनेश काफ्ले प्रहसन रहने छ । जितुले अहिलेको समसामयिक समस्यामा करिब २० मिनटको प्रहसन प्रस्तुत गर्ने बताएका छन् । मुन्द्रेको कमेडी क्लबको भन्दा यसपटक यो कार्यक्रममा आफ्नो प्रहसन फरक रहने पनि उनले बताएका छन् । यस्तै दिनेश काफ्लेले पनि २० मिनट प्रहसन दिनेछन् ।
गायिकाहरुमा निशा देशारले अहिलेको हिट गीत ऐला लुयालासहित आफ्ना विभिन्न गलज तथा गीत प्रस्तुत गर्नेछिन् । अर्का गायक दुर्गेस थापाले बिच्च बिच्चमा ७ र अन्य तीन गीत गाउने बताएका छन् । अग्रज गायक चन्द्र शर्माले तीज गीत, अर्का गायक नमराज ढुँगानाले आफ्ना चर्चित काठेगीत गाउने छन् । नमराजले हालै बजारमा आएको नयाँ गीत गायिका सरिता भारतीसँग पनि गाउने छन् । यस्तै अर्की गायिका बिन्दु परियारले पहिलो नम्बरमा सहित दईु वटा गीत गाउने बताईएको छ । गायक नारायण थापाले भने कार्यक्रमा एउटा गीत प्रस्तुत गर्नेछन् ।
यो तिज महोत्सबमा विभिन्न नृत्य कलाकारहरुले नृत्य प्रस्तुत गर्ने पनि आयोजक रमेश उप्रेतीले जनाएका छन् । तीज महोत्सबमा नृत्य र गायनपछि सामुहित दरखाने कार्यक्रम राखिएको पनि आयोजकको कथन छ । महोत्सबमा करिब ६०० व्युटिसियन तथा कस्मेटिक व्यबसायी एवम् महिलाहरु सहभागी हुनेछन् ।