Thursday, April 22, 2021
Home राजनीति प्रधानमन्त्रीज्यु, झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोकियोसः प्रभु साह

प्रधानमन्त्रीज्यु, झुटा मुद्दा चलाई पीडितलाई दोषी बनाउने कार्य तत्काल रोकियोसः प्रभु साह

,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले झुठा मुद्दा चलाएर निर्दोषलाई फसाउने काम स्वीकार्य नहुने बताएका छन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष साहले रौतहटमा भएका दुई घटनाप्रति आक्रोशित हुँदै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

रौतहटको दाजुभाइ इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवारसहित उद्योगका कामदारहरुमाथि आक्रमण भएको र पछि उनीहरुमाथि नै मुद्दा दर्ता भएकोप्रति अध्यक्ष साह आक्रोशित भएका हुन् ।

रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता तथा नेकपा नगर अध्यक्ष मोहन मेहतालाई संलग्नता नै नभएको मुद्दामा पक्राउ पुर्जी काटेपछि प्रहरी विवादित बनेको छ ।

‘यही चैत्र २ गते रौतहटको गरुडास्थित दाजुभाइ इट्टा उद्योगमा सांघातिक आक्रमण भई दर्जनौं व्यक्ति घाइते भएको कुरा सर्वविदितै छ । पीडितलाई न्याय दिलाउनुको सट्टा आज रौतहट जिल्ला अदालतमा इट्टा उद्योगका संचालक रामबाबु चौधरी सपरिवार सहित झन्डै ४० जनामाथि उल्टै डाँका, शरीर बन्धक तथा अपहरण मुद्दा दायर भएको छ । घटनामा नै नभएका विषयमा काल्पनिक वरदात बनाएर अपराधिक कार्यलाई ढाकछोप गर्न झुठा मुद्दा चलाउने गृह प्रशासनको कार्य निन्दनीय छ । अहिलेको २१ औं शताब्दीमा लोकतान्त्रिक अभ्यास गरिरहेको नेपालमा यस्ता जंगली हर्कत किमार्थ स्वीकार्य छैन’ अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ । यस विषयमा नेपाल सरकारले छानबिन गरी दोषीलाई तुरुन्त कारवाही गर्नुपर्ने माग उनले गरेका छन् ।

‘गत हप्ता नेपाल प्रहरीद्वारा रौतहटकै ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालगायतका केही निर्दोष व्यक्तिहरुलाई लागुऔषध मुद्दामा पक्राउ पुर्जी पठायो । अपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयरलगायतका निर्दोष व्यक्तिलाई बिना प्रमाण पक्राउ पुर्जी काटिएको स्तिथी छ । तथ्य र प्रमाण बिना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्रासमेन्ट गर्नु कतिको न्यायसंगत छ । अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनमा ईशनाथ नगरपालिका अस्तव्यस्त छ ।’ अध्यक्ष साहको विज्ञप्तिमा भनिएको छ ।

मेयर विहिन स्थितिमा कोरोना पोजेटिभ बिरामीको उपस्थितिले आम जनता आतंकित एवम् त्रसित अवस्थामा रहेको बताउँदै उनले गम्भीर अवस्था निर्माणको जवाफदेहिता कसले लिने ? के नेपाल प्रहरी यस्तो विषयमा गम्भीर हुनुपर्दैन ? प्रश्न गरेका छन् । यस्तो बिषयमा गृह मन्त्रालयको उनले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीको ध्यानाकर्षणसहित भनिएको छ, ‘उपरोक्त घटनाहरु एउटा उदाहरण मात्र हुन् । अहिले कोरोना महामारीसंग देशमा कालोबजारी तथा झुठा मुद्दाको बिगबिगी नै चलेको छ । अपराधिक घटनामा पीडितहरुलाई नै दोषी बनाउने दुस्प्रयास हुँदैछ । घटना नै नभएपनि बनाबटी वरदात खडा गरेर भएपनि झुठा मुद्दा चलाउने जस्ता जंगली कार्यको अभ्यास हुन खोजिरहेको छ । तसर्थ यस्ता गलत कार्यलाई तुरुन्त रोक्न म सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

(Visited 251 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

जीवनको आधार नै जैविक विविधता

विश्वको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वन क्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा...

१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ...

ट्रेन्डिङ

प्रधानमन्त्रीद्वारा महराकी पत्नीको निधनमा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । आज...

सप्तरीमा एकै परिवारका ८ जनासहित ११ संक्रमित थपिए

राजविराज । अघिल्लो दिन एक जना संक्रमित फेला परेको सप्तरीमा मंगलवार एकै परिवारका ८ जना सहित एउटै नगरपालिकाका ११ जना संक्रमित थपिएका छन् ।...

स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण

काठमाण्डाै‌ । नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

प्रियंका भन्छिन् ‘घरमै बसेर तातोपानी पिउनुस्’

मुम्बई । कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् । बिदेश यात्राबाट आएपछि उनी...

सार्टनैको चोलीमा सरोज र आष्मा

काठमाडौं । कार्टुन क्रुका जोडी सरोज अधिकारी र आष्मा विश्वकर्माको फेरि अर्को नयाँ म्युजिक भिडियो आइतबार रिलिज भएको छ । ‘सेल्फी हानौंला’, ‘ट्युसन पढाउँछु’,...

कोरोनाबाट विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदर घटदै

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स...

पुजारी मारिएको ठाउँमा मन्दिर शिलान्यास

गौर । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता...

चारधाम गएको बस दुर्घटनामा १० को मृत्यु, गाउँ शोकाकुल

इटहरी । दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दश जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने...

झापामा पनि कोरोना भाइरस देखियो, ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । झापामा पनि पहिलो पटक कोरोना संक्रमणको बिरामी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि...

मोडल प्रतिशाको बेइमानी डेब्यू

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणसँगै कलाक्षेत्र ठप्प छ । चलचित्रजस्तै मोडलिङ क्षेत्रमा अहिलेको अवस्थामा ठप्प भएको मोडलहरू बताउँछन् । निरन्तर -याम्प फेसन सो...

काठमाडौँ महानगरपालिकामा ५ हजार कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)