मुम्बई । दक्षिण भारतीय अभिनेतामा सबैभन्दा धनाढ्या सुचीमा अहिले नागर्जुन परेका छन । जीक्यू इन्डियाको रिपोर्ट अनुसार अभिनेता नागर्जुनको कुल सम्पत्ति ३०१० करोड रहेको छ । बलिउड चलचित्रमा समेत आफ्नो प्रभाव जनाएका यी अभिनेताको सम्पत्ति अरु अभिनेताको तुलनामा करिब दोब्बर रहेको छ ।
उनीसँग पूख्र्यौली सम्पत्ति पनि प्रसस्त थियो । त्योसँगै चलचित्रको कमाई र विभिन्न कम्पनीका मालिक उनी अहिले पनि पहिलो नम्बरमै छन् । यी अभिनेताको नीजि विमान पनि रहेको छ । यस्तै दक्षिण भारतीय धनाढ्य अभिनेताहरुको सूचीमा दोश्रो नम्बरमा यसपटक मेगास्टार चिरञ्जीवी परेका छन् । यस अघि दक्षिण भारतका धनी अभिनेताको सूचीमा उनी तेश्रो स्थानमा थिए ।
उनले यसपटक अर्का धनी अभिनेता रामचरणलाई जितेका छन् । यसपटक चिरञ्जिबी दोश्रो स्थानमा पर्न सफल भएका छन् । जीक्यू इन्डियाको रिपोर्ट अनुसार चिरञ्जीवीको कुल सम्पत्ति १६५० करोड रुपैयाँ छ । चलचित्रमा अभिनय बाहेक उनले व्यापार, विज्ञापन र लगानीबाट मनग्य आम्दानी गर्छन् । यी अभिनेताको पनि निजी विमान रहेको छ । बिहिबार मात्र ६९ औं जन्मदिन मनाएका यी अभिनेताले आफु दोश्रो धनी अभिनेताको सूचीमा परेको स्विकारेका छन् ।
दक्षिण भारतका तेश्रो धनी अभिनेताको सूचीमा मेगा पावर स्टार राम चरण परेका छन् । यी अभिनेताको कुल सम्पत्ति १३७० करोड रहेको छ । पछिल्लो ब्लकबस्टर चलचित्र आरआरआरबाट नयाँ उनी थप उचाइमा पुगेका हुन् । उनको यो चलचित्र ओस्करमा समेत अवार्ड जित्न सफल भयो । यो चलचित्रको नाचो नाचो गीतबाट अवार्ड प्राप्त गरेका रामचरण दक्षिण भारतका सबैभन्दा धनी नायकहरूको सूचीमा तेश्रो स्थानमा छन् ।
यस्तै अर्का अभिनेता कमल हासनको कुल सम्पत्ति ४५० करोड रहेको छ । बलिउड देखि दक्षिण भारतीय चलचित्रमा समेत आफ्नो प्रभाव जमाएका कमल हासन, एक बहुमुखी अभिनेता हुन् । दक्षिण भारतका चौथो धनी अभिनेताको सूचीमा उनी परेका छन् । विभिन्न ६ वटा दक्षिण भारतीय भाषाहरूमा आफ्नो अभिनय कौशल प्रदर्शन गर्दै आएका यी अभिनेता अभिनयमा मात्र सीमित छैनन् । उनले आफ्नो उत्कृष्ट करियरमा धेरै चलचित्र निर्देशन र निर्माण पनि गरेका छन् ।
यस्तै दक्षिण भारतीय अर्का अभिनेता तथा राजनीतिककर्मी थालापथी विजय धनी अभिनेताको सुचीमा पाँचौं स्थानमा परेका छन् । थालापथी विजयको कुल सम्पत्ति ४४५ करोड रुपैयाँमा रहेको छ । प्रत्येक फिल्मको लागि पर्याप्त पारिश्रमिकको माग गर्ने थालपथी विजयले दक्षिण भारतीय फिल्म उद्योगमा पहिले पनि पछिल्लो पुस्ताबाट सर्वाधिक खोजिने अभिनेताको सूचिमा पर्छन । उनी अभिनय करियरसँगै पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् ।