प्रस्तावित ४ राजदूतविरुद्ध ६ थान उजुरी, क–कसका विरुद्ध प-यो ?

काठमाडौं । सरकारले विभिन्न देशका लागि प्रस्तावित गरेका १७ राजदूतमध्ये चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । सरकारले गरेको राजदूत सिफारिस समावेशी नभएको, संविधान र राजदूत निर्देशिका मिचिएलगायतका विषय उठाउँदै मन्त्रिपरिषद्को निर्णयमाथि नै प्रश्न उठाएर संसदीय समितिमा उजुरी गरेको छ ।

संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी दर्ता भएकामध्ये ६ वटा उजुरी राजदूतविरुद्ध छन् । ६ वटा राजदूतसँग सम्बन्धित उजुरीमध्ये तीनवटा उजुरी मलेसियामा राजदूत सिफारिस भएका डा. नेत्रप्रसाद तिम्सिनाका ’boutमा परेको छ भने भारतका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि सिफारिस भएका प्राध्यापक कपिलमान श्रेष्ठ र इजरायलका लागि राजदूत सिफारिस धनप्रसाद पण्डित’bout उजुरी रहेको समिति स्रोतले जानकारी दिएको छ । ‘सरकारले गरेको राजदूत सिफारिस समावेशी भएन, सबै वर्ग, लिंग र समुदायको प्रतिनिधित्व हुनेगरी निर्णय हुनुपर्छ भन्ने छ’, प्राप्त उजुरी’bout समितिका एक कर्मचारीले भने, ‘बाँकी ६ वटा उजुरी विषय केन्द्रित छन् ।’

मलेसियाका लागि सिफारिस भएका डा. तिम्सिनाविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीमा नेपाल रेडक्रस सोसाइटीलाई विवादको भुमरीमा राख्ने काम गरेकाले राजदूत हुन अयोग्य भनी उजुरी दर्ता भएको छ । साथै गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष भएकाले पनि उनलाई राजदूत नियुक्त गर्नु हँुदैन भनी उजुरी परेको छ । डा. तिम्सिनाविरुद्ध एउटा उजुरी इमेलमार्फत् दर्ता हुन आएको समिति स्रोतले बतायो ।

प्राध्यापक श्रेष्ठविरुद्ध संविधान उल्लंघन गरेर राजदूत सिफारिस हुनुहुँदैन भन्दै उजुरी परेको छ । श्रेष्ठ मानवअधिकार आयोगको सदस्य भइसकेका व्यक्ति भएकाले संविधानले नै राजदूत हुन रोक लगाएको उल्लेख गर्दै उजुरी परेको छ । नेपालको संविधानमा मानवअधिकार आयोगको सदस्य भइसकेको व्यक्ति सरकारी नियुक्ति हुन योग्य नमानिने उल्लेख छ । नेपालको संविधानको धारा २४८ (८)ले राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य ‘सरकारी सेवा’मा जान नपाउने व्यवस्था गरेको छ । राजदूत पदलाई प्रचलित कानुनले सरकारी सेवाकै रूपमा परिभाषित गरेको छ । सो धारामा भनिएको छ, ‘राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्य भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुनेछैन ।’

धारा २४८(८)ले मानव अधिकार आयोगको अध्यक्ष वा सदस्य भएको व्यक्तिलाई राजनीतिक पद र अध्ययन अनुसन्धानका काममा मात्रै लगाउन सकिने व्यवस्था छ । प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘तर कुनै राजनीतिक पदमा वा कुनै विषयको अनुसन्धान, जाँचबुझ वा छानबिन गर्ने वा कुनै विषयको अध्ययन वा अन्वेषण गरी राय, मन्तव्य वा सिफारिस पेस गर्ने कुनै पदमा नियुक्त भई काम गर्न यस उपधारामा लेखिएको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।’ मानवअधिकार आयोगको निर्देशिकाले पनि श्रेष्ठलाई सरकारी सिफारिसमा राजदूत हुन योग्य नमानेको उजुरीकर्ताको दाबी छ ।

त्यस्तै, भारतका लागि राजदूत सिफारिस भएका डा. शर्माविरुद्ध राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ मिचेर बलमिच्याइ गरेको भन्दै उजुरी दर्ता भएको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को २१ मा राजदूतमा पुनः नियुक्तिसम्बन्धी व्यवस्था छ । सो बुँदामा ‘राजदूतका रूपमा हाल कार्यरत मुलुकमा अर्को पदावधिको निरन्तरता हुनेगरी पुनः नियुक्ति गरिनेछैन’ भनी स्पष्ट लेखिएकाले शर्मालाई पुनः सोही देशमा राजदूत बनाएर पठाउन नमिल्ने उजुरीकर्ताको दाबी छ । निर्देशिकाअनुसार शर्मालाई भारतमै राजदूत भएर जाने बाटो बन्द छ ।

शर्मालाई पुनः नियुक्ति गरेर भारत पठाउन मिल्दैन, उजुरीमा भनिएको छ । त्यस्तै, इजरायलका लागि राजदूत सिफारिस पण्डितविरुद्ध अदालतबाट सजाय तोकेको व्यक्ति भएकाले राजदूत नियुक्ति गर्न हुँदैन भन्दै समितिमा उजुरी दर्ता भएको छ । उच्च अदालत पाटनले सूचनाको हकसम्बन्धी मुद्दामा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२(१) बमोजिम १५ हजार जरिमाना र विभागीय कारबाही गरी जानकारी दिन त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नाममा लेखी पठाउनू भनी आदेश दिएको फैसलाको फोटोकपीसहित समितिमा उजुरी दर्ता भएको छ ।

संसदीय सुनुवाइ समितिको २९ साउनमा बसेको बैठकले प्रस्तावित राजदूत’bout सार्वजनिक उजुरी आह्वान गरेको थियो । समितिले १० दिनको समय दिएर सिफारिस भएका राजदूतविरुद्ध उजुरी दिन भनेको थियो । प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन ७ भदौसम्मको समय दिइएकोमा तोकिएको समयमा ९ वटा उजुरी प्राप्त भएको संसदीय सुनुवाइ समितिकी उपसचिव सिर्जना बरालले जानकारी दिइन् ।

१४ साउनको मन्त्रिपरिषद् बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । सरकारले ५ देशका राजदूत फिर्ता बोलाउँदै १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गर्दै मन्त्रिपरिषद् बैठकले चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, बेलायतका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम सिफारिस गरेको थियो ।

यसैगरी, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिल श्रेष्ठ, जर्मनीमा डा. शैल रूपाखेती, स्पेनमा सनिल नेपाल, श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा सहसचिव रीता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगब चौहान राजदूत सिफारिस भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने