लमजुङ । लमजुङमा आयोजित हामखोला झरना ‘वाटरफल महोत्सव’ आकर्षक रुपमा सम्पन्न भएको छ । दुई दिने सो महोत्सव उद्देश्य अनुरुप सम्पन्न भएको आयोजकको भनाइ छ ।
लमजुङ जिल्लासँग सीमा जोडीएको मस्र्याङ्दी गाउँपालिका– ८ को भूलभूले र ङादी बजारको बीचमा अन्नपूर्ण चक्रिय पदमार्गसँगै रहेको हामखोला झरनाको प्रचार प्रसार गर्ने र त्यसमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको थियो । हामी उद्देश्यको नजिक पुग्यौं भन्ने लाग्छ आयोजक मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार १०० प्रतिशत लक्ष्य हासिल भन्ने स्थित त प्रायः हुन्न नै तर पनि हामीले आशा गरेको भन्दा धेरै दर्शकका माझमा महोत्सवका कार्यक्रम पस्कने मौका पाइयो यसलाई हामीले सफल भएको ठानेका छौं ।
महोत्सवको पहिलो दिन उद्घाटन कार्यक्रमकासाथ लोकप्रिय कलाकार खुस्बु गुरुङको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए् । सो दिनमा गाउँपालिका भित्र रहेका बिभिन्न विद्यालयका नृत्य, आमा समुह तथा क्लवहरुका नृत्य प्रस्तुत गरिएको हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गदैै मस्र्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्यक वर्ष हामखोला झरना महोत्सव आयोजना गरिदै आएको छ ।
उनले भने, ‘निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।’ यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत संरचना निर्माण गरिनुका साथै झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको उनले जानकारी दिए ।
दोस्रो दिनमा पालिकाभित्र रहेका विभिन्न होम स्टे समुहहरूको नृत्य, स्थानीय क्लबहरुको नृत्य र प्रतिकुल मौसमको बावजुत प्रलय ब्याण्डले करिब चार हजार दर्शक माझ आफ्नो साँङ्गितिक प्रस्तुति गरेको थियो ।
यो वर्ष हामखोला झरना महोत्सव मनाइएको चौथो शृंखला हो । हामखोला व्यवस्थापन समितिले हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरेको महोत्सवमा सो विषयमा आधारित सांगीतिक प्रस्तुतिसमेत रहेको जनाएको छ ।
मस्र्याङ्दी गाउँपालिकाभित्र आयोजना गरिएका यस्ता मेला महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पु¥याउने आशा लिएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
महोत्सव हेर्न लमजुङकामात्र नभई तनहुँ र गोरखाबाट समेत आएका थिए । महोत्सवलाई सफल बनाउन बेसीसहरदेखि हामखोलासम्म लमजुङ साईक्लिङ संघले साइकल ¥याली समेत समेत गराएको थियो ।
यसअघि ०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । सदरमुकाम बेसीसहरबाट करिब ८ किलोमिटरको दुरीमा रहेको उक्त झरनामा बढी पर्यटक बेसीसहरबाटै पुग्ने गरेका छन् । बेसीसहरबाट ७ किलोमिटर दुरी सडक कालोपत्र भएपछि हामखोला झरनामा पुग्न सकिन्छ ।