दुर्घटना न्यूनीकरणका लागि छाडा चौपायलाई रेडियम बेल्ट

कपिलवस्तु । रात्रिकालिन समयमा छाडा चौपायहरुबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तुका युवाहरुले चौपायाहरुलाई रेडियम बेल्ट लगाइदिएका छन । सवारी चापसँगै जथाभाबी रहेका छाडा चौपायाले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले बुद्धभूमि जेसिसले पुर्व पच्चिम राजमार्गका छाडा चौपायालाई रेडियम बेल्ट लगाइदिएको छ  ।

पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चापलगायत सडकमा छाडा छोडिएका पशु चौपायाहरू पनि हुने गरेको छ । सडक दुर्घटना छाडा चौपायका दुर्घटनाको जोखिमका कारण बन्न पुगेकाले बुद्धभूमि जेसिसले चौपायालाई रेडियम बेल्ट लगाउने अभियान चलायको छ।

चौपायाको घाँटीमा लगाइने उक्त रेडियम बेल्ट टल्कने भएका कारण सवारी चालकलाई चौपाया भएको थाहा हुने र यसले गर्दा दुर्घटनाको जोखिमसमेत न्यूनीकरण हुने भएकाले यो कार्य सुरु गरिएको बुद्धभूमि जेसिसका अध्यक्ष थानेश्वर अर्यालले बताए। सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन त्यसैले यसमा सबैले साथ दिनुपर्ने भन्ने सोचले दुर्घटनाको जोखिम न्यूनीकरणमा बुद्धभूमि जेसिस लागिपरेको अध्यक्ष अर्यालले बताए ।

रातिको समयमा टाढैबाट गाई गोरुको घाँटी तथा सिङमा लगाइएको रेडियम चम्किने भएकाले सडक दुर्घटनाका घटना कम हुने भएकाले जेसिस सँग सहकार्य गरेर अभियान नै संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले बताए। ’ रेडियम लगाउनुका साथै गाई गोरुलाई सडकबाट धपाउने कार्य पनि गरिरहेको उनले बताए ।

जिल्लाको मुख्य बजारमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै हुने भएकाले सडक आसपासका सडक चौपायाहरुलाई व्यबस्थित गर्न र पशु अधिकारलाई संरक्षण गर्न जेसिसले अभियान संचालन गरेको छ। रेडियम बेल्टबाट रात्रिकालिन सडक दुर्घटना कम हुने बिश्वास गरीएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू