अभिनेत्री प्रियंकाले एक महिनासम्म झेल्नु प-यो आत्मालाई

काठमाडौं ।अहिलेको आधुनिक तथा भौतिक जवानामा भुत प्रेत हुँदैन भन्ने एक थरीको कथन छ । तर अभिनेत्री प्रियँका कार्की यो कुरा मान्न तयार छैनन् । जसरी भगवान हुन्छ, त्यसैगरी कलो शक्ति (भूत प्रेत) हुन्छ भन्ने यी नायिकाको कथन छ । फिल्ममा जसरी प्रत्यष देखिने गरी भुत प्रेत नआए पनि आफु भएको अनुभूति भूतप्रेतले मानिसलाई गराउँने अभिनेत्री प्रियकाँले बताएकी छिन् ।

यी अभिनेत्रीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘ची मुसी ची– इभेन डेड डिजायर विलोगिंङ) शुक्रबारबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । यो चलचित्रको ’boutमा बिहिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री प्रियँकाले भुत प्रेतसँग आफ्ना अनुभव राजधानीलाई सुनाईन् ।

यस अघि यी अभिनेत्रीले चलचित्र माला र अर्को चलचित्र आवरणमा प्रेतात्मा अर्थात भूतको भूमिका निर्वाह गरेकी थिईन् । चलचित्र मालाको छायाँकनको क्रममा भएको एउटा घटनाले उनलाई एक महिनासम्म दुःख दिएको यी अभिनेत्रीले बताएकी छिन् । सो चलचित्रको एउटा दृष्यमा उनले रुखमा झुन्डिएर आत्म हत्या गरेको भूमिका थियो ।

त्यसपछि दुस्ट आत्मा बनेर उनले अन्य पात्रलाई दुःख दिएको भूमिका यसमा रहेको थियो । आत्म हत्याको दृष्य छायाँकनको लागि गाउँ छेउको जँगलको एउटा रुख रोजियो । त्यतिबेलाको घटना सम्झँदै अभिनेत्री प्रियँकाले भनिन्,‘सो रुखमा डोरिको पासो बनाएर म झुन्डिएको दृष्य खिच्ने तयारी हुँदै थियो । फिल्म हेर्न आएका गाउँलेहरुले त्यो रुखामा त्यसरी झुन्डिएको सुटिङ नगर्नु भने ।’ तर निर्माण पक्षले गाउँलेको कुरा सुनेनन र फिल्मको छायाँकन सुरु गरे ।

अभिनेत्री प्रियँकाले अगाडि थपिन्,‘म झुन्डिने तयारीमा थिएँ । एक जना आमै आएर नानी यो रुपमा एउटी युवती यसैगरी झुन्डिएर मरेकी हुन भन्नु भयो ।’ ती आमैको कुरा सुनेर आफुलाई निकै डर लागेको उनले बताईन्,‘मैले गाह्रो मन्दै त्यो दृष्यको छायाँकन सम्पन्न त गरेँ, तर मेरो जिउ भारी भएर बेलुकाबाट ज्वरो समेत आयो ।’

त्यो घटना पनि आफुलाई एक महिनासम्म असहज भएको र सपनामा त्यो रुपमा ती युवती झुन्डिएको दृष्य तीन पटकसम्म देखेको पनि उनले बताईन्,‘त्यो एउटा सँयोगमात्र नभएर बास्तविक घटना जस्तै भएको थियो । म झुन्डिएको दृष्यको छायाँकन देखेर अब केही अनर्थ हुने हो की भनेर गाउँलेहरु समेत डराए ।’ अभिनेत्री प्रियँकाले त्यो घटनालाई आफुले कहिल्यै नविसर्ने बताईन् ।

चलचित्र ची मुसी ची– इभेन डेड डिजायर विलोगिंङमा आफु भुत नभएर दुष्ट आत्माबाट पीडित एक पात्रको भूमिकामा रहेको यी अभिनेत्रीले बताएकी छिन्,‘जीवनमा सुनेका र भोगेको थुप्रै घटनाहरुले मलाई भूत सम्बन्धि चलचित्रमा काम गर्न सघाउँछ । यो चलचित्रमा पनि भूत कस्तो हुन्छ र कसरीले यसले समस्या दिन्छ भन्ने कुरा दर्शाउन खोजिएको छ ।’

भूत प्रेतकै कुरा गर्दा आफुले प्लस टु पढ्दा आत्माको गतिविधिलाई नजिकबाट नियाल्ने अबसर पाएको पनि उनले बताएकी छिन् । त्यतिबेला होस्टलमा धेरै साथीहरु भएकाले आफुलाई डर नलागेको तर चलचित्र मालाको छायाँकनको घटनाले भने निकै डर लागेको उनले बताएकी छिन्,‘म होस्टलमा हुँदा कुनै कुनै राती एउटा बालिका दौडेको, उनी हाँसेको, उनले गट्टा खेलेको आबाज हामीले धेरै पटक सुन्यो । एक रात होस्टलको कम्पाउन्डमा रहेको हाते कल चलाएको दृष्य देखेपछि आत्मा रहेछ भन्नेमा हामी पुग्यौं ।’ त्यो होस्टल भएको घरमा पनि पहिलो रजस्वला भएकी किशोरीको घर भित्रै मृत्यु भएको र उनको शबलाई घर भित्रै गाडेका घटना पछि प्रियँकाले थाहा पाईन् । सोही कारण ती किशोरीको आत्मा राती त्यहाँ खेल्ने कुद्ने गरेको तर त्यो आत्माले कहिल्यै कसैलाई दुख नदिएको पनि उनले जिकिर गरिन् ।

यस्तै केही घटनाले पनि भूत प्रेत आत्मा हुन्छ भन्ने आफुलाई लागेको र त्यस्ता घटनामा आधारित चलचित्र भएकाले पनि चि मुसी चिमा आफुले मुख्य भूमिका निर्वाह गरेको पनि अभिनेत्री प्रियँकाले बताईन् । फिल्म चि मुसी ची हररसँगै थ्रिलर सिनेमा भएको र यो फिल्म शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट आउने उनले बताईन् । यस अघि बनेका नेपाली हरर फिल्म भन्दा यो फिल्म केही फरक भएकाले फिल्मलाई दर्शकले मन पराउने उनको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु