आचारसंहिता उल्लंघन

देशमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको माहोल सुरु भएसँगै आचारसंहिता उल्लंघनका घटनाहरू पनि दिन प्रतिदिन बढिरहेका छन् । मनोनयन प्रक्रिया सकिएर उम्मेदवारको टुंगो लागेसँगै सबै उम्मेदवार भोट माग्न घरदैलो अभियानमा जुट्न थालेका छन् । हामीकहाँ निर्वाचन अत्यधिक महँगो हँुदै गएको छ । निर्वाचन जित्न करोडौं रुपैयाँ लगानी गर्नुपर्ने दुःखद् र विडम्बनापूर्ण अवस्था छ । अहिले, विशेषगरी सत्ताधारी तथा सरकारमा रहेका मन्त्रीबाट बढी आचारसंहिता उल्लंघन भइरहेका तथ्य बाहिर आइरहेका छन् । मन्त्रीहरू आप्mनो अधिकारको दुरुपयोग गरेर प्रचारप्रसारमा लागिरहेका छन् । चुनावी प्रचारमा सरकारी गाडीको प्रयोग गर्न नपाइने आचारसंहिताविपरीत मन्त्रीहरूले मनलाग्दी रूपमा सरकारी गाडी प्रयोग गरिरहेका छन् । यसमा निर्वाचन आयोग बढी चनाखो र संवेदनशील हुन जरुरी छ । आयोगले मन्त्रीहरूलाई स्पष्टीकरण सोध्न पनि सकेको छैन । आयोगले छिटोभन्दा छिटो निर्वाचनमा उम्मेदवार बनेका मन्त्री र तिनका व्यवहारका ’boutमा तत्काल छानबिन गर्नुपर्छ ।

मन्त्रीहरूले अझै सरकारी गाडीका साथै विभिन्न व्यापारिक प्रतिष्ठानलाई समेत प्रभावमा पारेर गाडी तथा अन्य उपकरण मागिरहेका छन् । यसका ’boutमा पनि निर्वाचन आयोगले विशेष संयन्त्रमार्फत छानबिन गर्नुपर्छ । निर्वाचन जित्नका लागि सत्ताधारी र उच्च पदस्थहरूले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्ने निश्चित छ । राज्यकोषको दुरुपयोग पनि अत्यधिक रूपमा हुन सक्छ । विभिन्न शीर्षकमा मिलाएर बजेटको समेत दुरुपयोग हुन सक्छ । यस्तो हुनु देश र जनताका लागि गम्भीर अपराध हो । कुनै विशेष समूहका लागि राष्ट्रिय ढुकुटीको दोहन गर्ने कार्य आमजनताका लागि सह्य हँुदैन । त्यसैले, चुनावका लागि विभिन्न बहानामा राष्ट्रिय ढुकुटीको दोहन हुन नदिन आमनागरिक समाज नै सचेत र संवेदनशील बन्न जरुरी छ । पैसा बाँढ्ने खालका समूह जनताका टोल टोल र गाउँ गाउँमा आएको खण्डमा उनीहरूलाई जनताले नै पक्राउ गरेर प्रहरीसमक्ष बुझाउन सक्नु पर्छ । निर्वाचन आयोगले पनि पैसा वितरण गर्ने उम्मेदवारलाई ठाउँका ठाउँ स्पष्टीकरण सोध्ने मात्रै होइन, उसले गरेको अपराधको प्रकृति हेरेर उम्मेदवारी नै रद्द गर्न सक्नु पर्छ । यदि, पैसा बाँढ्नेजस्तो अपराधपूर्ण कार्य गर्ने उम्मेदवारलाई आयोगले सामान्य स्पष्टीकरण मात्रै सोधर छाड्यो भने त्यसले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्नेछ । यो विषयमा पनि आयोग बढी चनाखो हुनुपर्छ ।

लोकतन्त्रमा जनताको मन जितेर प्रतिनिधि चुनिनु पर्छ तर हामीकहाँ केही वर्षयतादेखि जनताको मन जितेर भन्दा पनि पैसाको खोलो बगाएर निर्वाचन जित्ने गलत प्रवृत्ति हाबी हँुदै आइरहेको छ । जसका कारण हाम्रो लोकतन्त्र दिनानुदिन कमजोर हुँदै गइरहेको छ । पैसाको खोलो बगाएर निर्वाचन जितेका व्यक्ति भोलि सांसद वा मन्त्री भए भने उनीहरूको ध्याउन्न कसरी हुन्छ पैसा कमाउने नै व्यतीत हुने गर्छ । त्यस्ता व्यक्तिबाट सुशासन, विकास र समृद्धिको आशा गर्न सकिँदैन । त्यसैले, आयोगले चलाखी र आमजनताले जागरुकता बढाएर गलत कार्य रोकी राम्रा र इमानदार व्यक्ति छनोट हुन सक्ने वातावरण सिर्जना गरिनु पर्छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा अत्यन्तै कडाइ गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार