मुम्बई बलिउड अभिनेता संजय दत्तलाई जेलको बसाई र अहिलेको घरको बसाई उस्तैलागेको उनले बताएका छन् । आफ्ना २ सन्तान सहित पत्नी मान्यता दत्त केही समय देखि दुबईमा छिन् । मुलुकमा लक डाउन सुरु हुनु अघि पत्नी मान्यता दुवई गएकी हुन् । एकातिर आफ्नो पत्नी र छोरा छोरी दुबईमा हुन् । अर्को तर्फ आफु एक्लै मुम्बईमा बस्नुले पनि उनलाई एक्लो महसुस भएको हो ।
‘भारतमा अहिले लक डाउन चलिरहँदा यतीबेला मलाई जेलमा बसेको जस्तो महसुस भईरहेको छ ।’ भारतीय सञ्चार माध्यम टाईम्स अफ इन्डियासँग कुरागर्दै यी अभिनेताले यस्तो अनुभूति सुनाएका हुन्,‘धेरैलाई यो ४२ दिनको लक डाउन जेल जस्तो लागेको छ । तर मैले जेल बस्दा यस्तो धेरै लक लकडाउन बिताईसकेको छु ।’ यतीबेला आफुलाई लक डाउनमा एक्लो बस्नु परेको भन्दा पनि परिवारको बढी याद आएको यी अभिनेताले बताएका छन् ।
‘तैपनि मैले प्राविधिको कारण श्रीमती र केटाकेटीलाई प्रत्यक्ष देख्न पाईरहेको छ । जेलमा हुँदा र यहाँ हुँदाको फरक यतीमात्र भए पनि बाँकी अरु सबै मलाई उस्तै उस्तै लागेको छ ।’ समयले मानिसलाई समुहमा बस्न र एक्लै बस्ने पनि सिकाउने गरेको यी अभिनेताको कथन छ । अहिले मानिसलाई समयले एक्लो बस्न सिकाएको संजयले बताए । यस्तो एक्लो बसाईले आउँदा दिनमा जहाँ पनि एक्लो बस्दा मानिसहरुलाई कठिनाई नहुने पनि यी अभिनेताको जिकिर छ ।
सन १९९१ को बम कान्डको मुद्धाले पटक पटक गरेर यी अभिनेताले ६ वर्ष जेल जिवन विताएका थिए । यसरी ६ वर्ष जेल बस्दाको अनुभवले अहिले लक डाउनमा होम क्वारेन्टाईन उनलाई सामान्य महसुस भएको अभिनेता संजयले खुलस्त पारेका छन् ।






