रास्वपा नेता पाँडेलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ ।

बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदालत लगिएको साइबर ब्युरो भोटाहिटीले जनाएको छ । सुरुमा सरकारी वकिल कार्यालयमा पेश हुनेछ । त्यसपछि उनलाई अदालत पुर्‍याइने छ । एक महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्युरोको भनाई छ ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा