राजविराज । सप्तरीमा दुई महिना अघिमात्र विवाह भएको एक महिलाको रहस्यम मृत्यु भएको छ । अनुसन्धानका लागि प्रहरीले महिलाका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ ।
दुई महिनाअघि मात्रै विवाह गरेकी डाक्नेश्वरी नगरपालिका माइती र महादेवा गाउँपालिका घर भएकी महिलाको शंकास्दपद मृत्यु भएको पाइएको छ ।
महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ बर्षीया दीपाको शनिबार मृत्यु भएको छ । बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याएका थिए । तर, अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
मृतक दीपाको शरीरमा चोटपटक र निलडाम देखिएको प्रहरीले जनाएको छ । घट्ना शंकास्पद देखिएको भन्दै अनुसन्धान अगाडि बढाइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले बताए । ‘घाँटीमा निलडगाम देखिएको छ, त्यहीं भएर हामीले अनुसन्धान अघि बढाएका छौं’ उनले भने ।
उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनाको अनुसन्धानका लागि मृतक दिपाकी श्रीमान दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिइएको प्रबक्ता बस्नेतले बताए । माइती पक्षले दीपाको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।
गत ४ असारमा दीपा र दीपकको सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । तर विवाह पछि थप दाइजो माग्दै दीपक, पर्शुरामसहितका परिवारका अन्य सदस्यले दीपालाई शारिरीक तथा मानसिक यातना दिने गरेको माइती पक्षको भनाई छ ।
दाईजोकै बिषयमा निरन्तर विवाद हुँदै आएको र सोही विवादकै कारण दीपाको उनका श्रीमान र ससुराले कुटपिट गरी हत्या गरेको माइती पक्षको दाबी छ ।