संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजकमा धवलशमशेर राणा

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले कार्यवाहक संयोजकको जिम्मेवारी धवल शमशेर राणालाई दिएका छन् ।

सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. राणालाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । सुवेदीले केही समय आफू देश बाहिर रहने हुनाले कार्यवाहक संयोजक राणालाई तोकेको जानकारी गराएका छन् ।

गत चैतमा राजावादीहरूले सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति गठन गरेका थिए । उक्त समितिमा राणा पनि थिए । सुवेदी नेतृत्वको समितिले गत चैत र वैशाखमा काठमाडौँ केन्द्रित प्रदर्शन गरेको थियो । राजसंस्था पुनर्स्थापना पक्षधरबीचमै फाटो आएपछि हाल यो समिति निष्क्रिय छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा