सुनिता डंगोल जेनेभा प्रस्थान

काठमाडौँ । स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रस्थान गरेकी छिन्। ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि भदौ १७ गते देखि १९ (सेप्टेम्वर २-४) सम्म सम्मेलन आयोजना गरेको हो ।

फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू छन् । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरूका विच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै, यङ् ग्लोबल लिडरहरूका बिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ ।

उनले भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरू जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

एक घण्टाभित्रै फरार भएका २४ सप्तरी कारागारको सम्पर्कमा