सिन्धुली । मदनभण्डारी राजमार्गमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन ।
शुक्रबार विहान सडक छेउँमा हिडिरहेका पैदलयात्रीलाई कमलामाई नगरपालिका वडा नं. ९ बथानचौडीमा विराटनगरबाट काठमान्डौ जाँदै गरेको बा.प्र.०१–००६ख९६४४ नम्बरको मालबाहक ट्रकले ठक्कर दिंदा दुईजना पैदल यात्री घाईते भएका थिए ।
घाईते भएका दुवै जनालाई महोत्तरीको वर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाईएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नं. ९ बथानचौडीका ४६ वर्षिय भुवन भुजेल रहेका छन । यस्तै सोही ठाउँका टेकप्रसाद दाहाल गम्भिर घाइते छन । उनको शुभस्वस्तिक अस्पताल वर्दिवासमा उपचार भईरहेको छ । ट्रकले सडक नजिकै भएको घरमा समेत ठक्कर दिएको छ ।
ट्रकको ठक्करबाट घरको गाह्रो भत्किंदा २० वटा कुखुरा समेत मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुबेदीले जानकारी दिएका छन ।